नेकपा एमालेले आज देशभरका जिल्ला सदरमुकामहरुमा प्रदर्शन गरेको छ ।
एमालेले संसद पुनस्थापनाको माग गर्दै घोषणा गरेको जनपरिचालनका कार्यक्रम अन्तर्गत आज जिल्ला जिल्लामा प्रदर्शन गरिएको हो ।
जिल्ला जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय नेताहरु नै प्रदर्शनमा सहभागी हुन पुगेका थिए ।
यस अघि स्थानीय तह स्तरमा पनि एमालेले प्रदर्शन गरेको थियो ।
एमालेले मंसीर ६ गते काठमाण्डौँमा बिशाल जन प्रदर्शनको आयोजना गर्ने पनि तयारी गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline