भारतीय दुतावासका प्रतिनिधिबाट आफूलाई धम्की आईरहेको मधेशका मुख्यमन्त्री यादवको दाबी

भारतीय दुतावासका प्रतिनिधिबाट आफूलाई धम्की आईरहेको मधेशका मुख्यमन्त्री यादवको दाबी

  • शनिबार, कार्तिक २९, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.7K
    SHARES

जनकपुर । मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले भारतीय दूतावासका प्रतिनिधिहरूले दलहरूलाई धम्क्याउने गरेको आरोप लगाएका छन् ।

आज प्रदेशवासीको नाममा सम्बोधन गर्दै मुख्यमन्त्री यादवले वीरगन्जमा रहेको भारतीय दूतावासको काउन्सलर कार्यालयबाट दलहरूलाई धम्की आउने गरेको आरोप लगाएका हुन् ।

उनले मधेसमा राजनीतिक अस्थिरता र बिग्रिनुको मूल कारण भारतीय दूतावासबाट आउने धम्की रहेको बताए । उनले भने– ‘वीरगन्जमा रहेको काउन्सलर अफिसका प्रतिनिधिहरूले दलका नेताहरूसँग प्रत्यक्ष संवाद नगरी दलका नेताहरूलाई धम्क्याउने, दल फुटाई दिन्छु भन्ने जस्ता धम्की दिने गरेका छन् ।’

सम्बोधनको क्रममा मुख्यमन्त्री यादवले आफूलाई सुरक्षा चुनौती रहेको समेत बताए । उनले आफूलाई सुरक्षा निकायले सुरक्षा चुनौती देखिएको भन्दै सीमित कार्यक्रमहरूमा मात्रै सहभागी हुन भनेको पनि खुलासा गरे ।

‘मुख्यमन्त्रीज्यू विशेष कार्यक्रमहरू अलिकति कम गर्नुपर्‍यो । सीमित कार्यक्रमहरू राख्नुपर्‍यो । सुरक्षा चुनौती छ । संवेदनशील भइदिनुपर्यो भन्ने कुरा सुरक्षा निकायबाटै आएको छ’ उनले भने । मुख्यमन्त्री यादवले आफू मात्र नभई सरकारमा सहभागी मन्त्री, प्रदेशसभा सदस्यहरूमाथि समेत सुरक्षा थ्रेट रहेको बताए ।

प्रदेशवासीलाई सम्बोधन गर्दै उनले मधेसको सच्चा दल नेकपा एमाले रहेको दाबी समेत गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ