२८ कात्तिक, काठमाडौं । उपचारका लागि सिंगापुर गएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पत्ति स्वदेश फर्किउका छन् ।
सभापति देउवा र उनकी पत्नी डा. आरजु राणा देउवा सिंगापुर एयरलाइन्सको विमानमार्फत् शुक्रबार बेलुका स्वदेश फर्किएका हुन् ।
उनी १० कात्तिकमा पत्नी डा। आरजुका साथ उपचारका लागि सिंगापुर गएका थिए । १८ दिने उपचार सकेर देउवा दम्पत्ति शुक्रबार स्वदेश फिर्ता भएको देउवाको सचिवालयले जनाएको छ ।
जेनजी आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा देउवा दम्पती घाइते भएका थिए ।
२४ भदौमा आक्रमणमा परेका देउवा दम्पती २८ असोजमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा सार्वजनिक भएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline