२८ कार्तिक, काठमाडाैं । काठमाडाैं उपत्यकाका तीन जिल्लामा ३ दिनदेखि मतदाता नामावलीमा नाम इन्ट्री गराउने सर्भरमा देखिएकाे समस्या सरकारले अझै समाधान गर्न सकेकाे छैन । याे समस्याबाट सेवाग्राहीहरू आज शुक्रबार पनि हैरानीमा परेका छन् । ललितपुर जिल्ला निवार्चन कार्यालयमा मतदाता सूचीमा नाम दर्ताका लागि पुगेका सेवाग्राहीहरूले सरकारकाे लापरवाही र नागिरकलाई हेप्ने प्रवृत्तिले नागरिकले अनावश्यक झन्झट व्यहाेर्न विवश तुल्याएकाे प्रतिक्रया दिएका छन् ।

बिहीबार पनि यस्तै समस्याले दिनभर लाइन बसेर घर फिर्ता भएकाे र भाेलि त सर्भर राम्राेसँग चल्छ भनेपछि आज आएकाे बताउने उनीहरू सरकार र नाम दर्ता गराउने निकाय निर्वाचन आयाेगप्रति आक्राेश पाेखे । बिहान ८ बजेबाट काम सुरू भएपछि मात्रै सर्भर पटकपटक डाउन भएकाे र तत्काल सुधार्न सकिने काममा जिम्मेदार निकाय र नेतृत्वले बेवास्ता गरिरहेकाे बताए । उनीहरू बिहान ६ बजेदेखि नै लाइन बसेकाे र ९ बज्दासम्मन काम नबनेकाे एक सेवाग्राहीले हामीसँगकाे फाेन कुराकानीमा बताए ।
सर्भर चलेकाे अवस्थामा कमजाेर ज्ञान भएका (अदक्ष) कर्मचारीका कारण एकै जनाकाे नाम इन्ट्री गर्न १५-२० मिनेट लागेकाे बताए । अनलाइन भरिएकाे प्रिन्ट भएकाहरूकाे हकमा समेत धेरै समय लगाउने काम भइरहेकाे र सुधार्न आग्रह गर्दा कामै नगरिदिने सम्मनकाे घुर्की कर्मचारीले देखाएकाे बताए ।

आयाेगले बिहीबारदेखि राष्ट्रिय परिचयपत्र बनाउनेले तस्बिर र वायाेमेट्रिक्स विवरण दिन कार्यालय जान नपर्ने र बनेकाे परिचयपत्रबाटै विवरण लिंक तानेर मतदाता नामावली नम्बर सम्बन्धित व्यक्तिकाे माेवाइ वा इमेलमा पठाइने व्यवस्था गरेकाे जनाएकाे थियाे । तर सेवाग्राहीले आयाेगकाे भनाइमा पूर्ण विश्वास गरेकाे पाइँदैन । नयाँ मतदाता परिचयपत्र बनाउने काम पनि भद्रगाेल रहेकाे बताउँछन् । यसमा ठग्ने काम भइरहेकाे उनीहरूकाे अनुभव छ ।

सर्भरमा देखिएकाे समस्या हटाउनेबारे आफूहरूले ‘माथि’ अस्तिदेखि नै भनिरहेकाे तर हल हुन नसकेकाे कर्मचारीहरूकाे तर्क छ । आयाेगले नाम दर्ता गराउने अन्तिम समयसीमा यही कार्तिक ३० गतेसम्मका लागि ताकेकाे छ । समयसीमाकाे अन्तिमतिर आउँदा कार्यालयहरूमा सेवाग्राहीकाे चाप व्यापक बन्दै गइरहेकाे देखिन्छ । तर सर्भरकाे समस्या ज्यूँका त्यूँ रहेकाे छ । एक कर्मचारीले राष्ट्रिय परिचय पत्रतर्फकाे सर्भर उच्च क्षमताकाे रहेकाेले आयाेगकाे सर्भरमा समस्या आएकाे प्रतिक्रिया दिएकाे हामीसँग फाेन सम्पर्कमा जाेडिएका एक सेवाग्राहीले बताए ।
