जनकपुर । मधेशमा सभामुख रामचन्द्र मण्डलले प्रदेशसभाका ५ सदस्यलाई पदमुक्त गरेका छन् ।
७ दलले बिहीबार सभामुख मण्डलमाथि अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । कारबाहीस्वरुप उनले ५ सांसदलाई पदमुक्त गरेका हुन् ।
पदमुक्त हुनेमा उर्मिलादेवी सिंह (नागरिक उन्मुक्ति पार्टी), मनिषकुमार सुमन (जसपा), संजयकुमार यादव (जसपा), सिंहासन साह कलवार (जसपा) र शारदाशंकर प्रसाद कलवार (जसपा) छन् ।
संविधानको धारा १८० (घ) बमोजिम प्रदेशसभामा लगातार १० वटा बैठकमा अनुपस्थित भएको आजैका मितिदेखि प्रदेसभा सदस्यबाट पदमुक्त गरेको प्रदेशसभा सचिवालयको सूचनामा उल्लेख छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline