जेनजी आन्दोलनका क्रममा क्षति पुगेका ४४८ वटा प्रहरी युनिट सञ्चालनमा

जेनजी आन्दोलनका क्रममा क्षति पुगेका ४४८ वटा प्रहरी युनिट सञ्चालनमा

  • बिहिबार, कार्तिक २७, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

काठमाडौं,२७ कार्तिक । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते नेपाल प्रहरीका ४६५ युनिटमा क्षति पुगेकोमा हालसम्म ४४८ वटा सञ्चालनमा आएका छन्। राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा गृहमन्त्री ओमप्रकाश अर्यालले विवरण प्रस्तुत गर्दै क्षति पुगेका १० जिल्ला प्रशासन कार्यालय र ४ वटा इलाका प्रशासन कार्यालयको सेवालाई सुचारु गरिएको जानकारी दिएका हुन्।

गृहमन्त्री अर्यालले करिब २ महिनाको अवधिमा शान्ति सुरक्षालाई सामान्य अवस्थामा ल्याउन सफल भएको बताए। त्यसैगरी आपराधिक कार्यमा संलग्न ४२९ जनालाई पक्राउ गरी हालसम्म १६८ वटा मुद्दा दर्ता भइसकेको उनले जानकारी दिए।

उनले भने, ʻभदौ २३ र २४ गतेको घटना पश्चात् लुटिएकारहराएका सुरक्षाकर्मीका हतियार मध्ये ७१८ थान सुरक्षाकर्मीको नियन्त्रणमा ल्याइसकिएको छ। र बाँकी हतियार फिर्ता ल्याउन सुरक्षा निकायहरूबाट संयुक्त अपरेसन सञ्चालन गरी खोजी कार्यलाई तीव्र बनाइएको छ।ʼ

गृहमन्त्री अर्यालले भदौ २३ र २४ को घटनामा देशका विभिन्न कारागारबाट कुल १४ हजार ५५४ कैदीबन्दी फरार भएकोमा हालसम्म ९ हजार ५४१ जना फिर्ता ल्याएको जानकारी दिए। यस्तै ५ हजार १३ जना पक्राउ गर्न बाँकी रहेको उनले बताए।

गृहमन्त्री अर्यालले आगामी फागुन २१ मा निर्वाचन सम्पन्न गर्नु वर्तमान सरकारको प्राथमिक जिम्मेवारी रहेको बताए। समयमै निर्वाचन गरेर छिटोभन्दा छिटो जनताबाट निर्वाचित प्रतिनिधिलाई सुम्पन आफूहरू आतुर रहेको उनले बताए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ