माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • बिहिबार, कार्तिक २७, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

विराटनगर, २७ कार्तिक । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोको गाडीले ठक्कर दिँदा मोरङमा मोटरसाइकल चाकलको मृत्यु भएको छ । आङ्बोले प्रयोग गर्दै आएको को १ झ ६५० नम्बरको सरकारी गाडीले बिहीबार दिउँसो १२ः १५ बजेतिर दुर्घटना गराएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन् ।
कोशी प्रदेशसभा सचिवालयले प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा उपलब्ध गराएको गाडी आङ्बोले चढ्दै आएका थिए ।
मृत्यु हुनेमा ग्रामगान गाउँपालिका–५ का अन्दाजी ३५ वर्षीय प्रवेश चौधरीरहेका छन् । उनका अनुसार विराटनगरबाट विराटचोकतर्फ जाँदै गरेको स्कोरपिओले बाटो क्रस गर्दै गरेको को ९ प ७९ नम्बरको मोटरसाइकलाई ग्रामथान–५ ककडमाडीमा ठक्कर दिएको थियो ।

तीव्र गतिमा रहेको गाडीको ठक्करबाट गम्भीर घाइते भएका चौधरीलाई स्थानीयले उद्धार गरेर उपचारका लागि विराटनगरको विराट नर्सिङ होम पठाएका थिए । विराट नर्सिङमै उपचारका क्रममा दिउँसो ३ः१५ बजेतिर चिकित्सकले मृत घोषित गरेको डीएसपी चुँडालले बताइन् । माओवादी कोशी प्रदेश संसदीय दलका नेता आङ्बो प्रदेशका पूर्वआर्थिक मामिला तथा योजना मन्त्रीसमेत हुन् ।

उनले प्रतिपक्षी दलको नेताको हैसियतामा सरकारी सवारीसाधन प्रयोग गर्दै आएका थिए । दुर्घटना भएका बेला उनी भने गाडीमा सवार थिएनन् । प्रहरी स्रोतका अनुसार आङ्बोका आफन्तलाई लिनका लागि जाँदै गरेका बेला गाडीले दुर्घटना गराएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

स्थानीयका अनुसार तीव्र गतिमा रहेको गाडीले नियन्त्रण गुमाएर दुर्घटना गराएको हो । मोटरसाइकल तथा ठक्कर दिने गाडी र चालक पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ का अन्दाजी ४० वर्षीय गम्भीरमान सार्कीलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरी नेतृत्वको टोलीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ