२७ कार्तिक, काठमाडाैं । सरकारले आगामी फागुन २१ मा संघीय निर्वाचनकाे घाेषणा गरेपछि मतदानका लागि निर्वाचन कार्यालयहरूमा मतदाता नामावलीमा नाम दर्ता गराउनेहरूकाे भीड लागेकाे छ । मुख्यगरी पेशा, व्यवसाय, अध्यायनका क्रममा काठमाडाैं उपत्यकामा बसाेबास गरिरहेका नागरिकहरू नाम दर्ता गराउन काठमाडाैं, ललितपुर र भक्तपुरका जिल्ला निर्वाचन कार्यालयहरूमा बहानैदेखि भीड लागेकाे छ । यहाँ समाचारकाे तस्बिरमा देखिएकाे भीड ललितपुरकाे जावलाखेलस्थित जिल्ला निर्वाचन कार्यालयमा बिहीबार बिहान साढे ११ बजे कार्यालय रहेकाे मुस्लिम आयाेग भवनकाे छतमा देखिएकाे लाइन हाे ।
भदाै २३ र २४ गते नवयुवाहरू (जेन जी)ले भ्रष्टार, दलाल र जनविराेधी सत्ताविरूद्ध सफल आम विद्राेह गरेर सरकारलाई ढालिदिएपछि नया गर्न लागेकाे निर्वाचनप्रति नागरिकमा उत्साह देखिएकाे हाे । याे कुरा दर्ता डेस्कमा बसेका कर्मचारीहरूले बताएका छन् । जेन जी आन्दाेलनपछि सबैखाले उमेर समूहमा निर्वाचनलाई बुझ्ने र भाग लिने विषयप्रति निकै परिवर्तन आएकाे पाइएकाे उनीहरूकाे बुझाइ छ ।नाम दर्ता गर्ने समयसीमा यही कार्तिक ३० गते सकिने भएकाले लाइन लाग्नेकाे भीड बढेकाे उनीहरूकाे भनाइ छ । चाप बढेका कारण निर्वाचन आयाेगले एक सूचना जारी गरी कर्मचारी थप गरी अनलाइन प्रणालीमा नाम दर्ता बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म गर्न भनेकाे छ । उपत्यकाका तीन वटै जिल्ला निर्वाचन कार्यालयहरूले साेही मुताविक दर्ताकाे काम पालाे प्रणालीमार्फत दर्ता काम गरिरहेकाे पाइन्छ । अनलाइन फाराम भरी त्यसकाे प्रिन्ट र नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि लिएर आउँदा काम छिटाे बन्ने कार्यालय जनाएकाे छ । उपत्यकाबाहिर कुनैपनि जिल्लामा मतदान केन्द्र भएकाहरूले पनि यी तीन जिल्लामा नाम दर्ता गराउन सक्ने व्यवस्थाले उपत्यकाका कार्यालयहरूमा भीड बढेकाे कर्मचारीहरू बताउँछन् ।

यसैबीच लामाे लाइन लाग्ने क्रमबीच नाम दर्ता र वायाेमेट्रिक्स गर्ने अनलाइन सिस्टममा पटकपटक समस्या आउनले सेवाग्राही थप मारमा परेका छन् । घण्टाैं समय लाइन बस्नुपर्ने, त्यसमाथि घरिघरि सिस्टम नचल्ने समस्याले उनीहरूले आक्राेश पाेखेका छ् । सिस्टम तत्काल सुधार्न र छिटाे सेवा दिन माग गरेका छन् । अहिले ललितपुर जिल्ला निर्वाचन कार्यालयकाे अनलाइन सिस्टम अवरूद्ध भएकाे छ । सेवाग्राहीकाे लाइन तितरबितर हुनुका साथै लाइनमा बस्नेहरू अन्याेलमा परेका छन् । ‘आज पनि काम हाेला जस्ताे छैन’ ४ घण्टादेखि लाइन बसेका बताउने एक सेवाग्राहीले भने । उता सर्भर चाँडै खुलाउने प्रयास जारी रहेकाे साेधपुछ शाखाका कर्मचारीले बताएका छन् । सर्भर डाउन भएकाेले नाम इन्ट्री मा समस्लाया भएकाे बताए । लाइनमा बस्नेहरूलाई आफ्नै जिल्लामा गएर नाम दर्ता गराउन भन्न थालेकाे बताइन्छ ।













