‘परान’ हेर्न दर्शकको ओइरो, अर्घाखाँची सिमेन्टको पनि साथ

‘परान’ हेर्न दर्शकको ओइरो, अर्घाखाँची सिमेन्टको पनि साथ

  • सोमवार, कार्तिक २४, २०८२
  • मिर्मिरे अनलाइन

  • 47.3K
    SHARES

काठमाडौं। ‘परान’ ले चौतर्फी प्रशंसा पाउन थालेपछि हलहरूमा दर्शकको ओइरो नै लागेको छ। सामाजिक सञ्जाल पनि फिल्मको चर्चाले भरिएका छन्।

फिल्ममा प्रस्तुत कथा र विषयवस्तुले छुन थालेपछि अर्घाखाँची सिमेन्ट लिमिटेडले विशेष ‘कर्पोरेश शो’ नै आयोजना गरेर आफ्ना कर्मचारी र व्यापारिक साझेदार डिलरहरूलाई फिल्म देखाएको छ। सुन्धारास्थति सिभिल मलमा शनिबार २:४५ बजे कर्पोरेश शो आयोजना गरेर आफ्ना डिलरहरूलाई फिल्म देखाएको हो।

फिल्म हेरिसकेपछि कर्मचारीहरू भने निकै भावुक देखिएका थिए। फिल्म हेरिसकेपछि अर्घाखाँची सिमेन्ट लिमिटेडका महाप्रबन्धक रमेश थापाले भन्नुभयो- ‘‘फिल्ममा आफ्नै घरको कथा देखाएको छ, परिवारै छाडेर छोरा-छोरी विदेश गइरहेका छन्, बुबा-आमाहरू एक्लिँदै गएका छन्, गाउँ रित्तिन थालेका छन्, यही कुरालाई समेटेर बनाइएको यो फिल्मले समाजमा राम्रो सन्देश दिएको छ, यस्तै कथावस्तुमा फिल्म बन्न जरुरी छ।’’

नेपाली समाजको पारिवारिक कथा समेटिएको ‘परान’ फिल्म जीवनको उत्तरार्धमा सन्तानको साथ र माया खोजिरहेका एक बाबुको कथामा आधारित छ । फिल्मले बाबुआमाले बुढेसकालमा सन्तानको सामीप्य चाहने र सन्तानले आफ्ना आकांक्षालाई प्राथमिकता दिँदा उत्पन्न हुने भावनात्मक दूरी र अवस्थालाई यथार्थपरक रूपमा चित्रण गरेको छ ।

फिल्मको शीर्ष भूमिकामा वरिष्ठ अभिनेता नीर शाह रहेका छन् । नेपाली फिल्म उद्योगमा अभिनयका भीष्मपितामाका रूपमा परिचित शाहले धेरै वर्षपछि शीर्ष भूमिका निभाएकाले यो फिल्म विशेष चासोको विषय बनेको छ । पारिवारिक दर्शकका लागि सन्देशमूलक र भावनात्मक कथा प्रस्तुत गर्ने यो चलचित्रले सबै उमेरका दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ ।

‘परान’ फिल्मलाई डेब्यु निर्देशक दीपकप्रसाद आचार्य (काकु) ले निर्देशन गरेका हुन् । फिल्मको कथा पनि आचार्यकै हो भने पटकथा र संवाद यम थापाले लेखेका हुन् । यो चलचित्र बाइस्कोप सिनेमा प्रा.लि.ले निर्माण गरेको हो ।

फिल्ममा नीर शाह, महेश शाह, अञ्जना बराइल, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई तथा बाल कलाकार आर्यादीप आचार्यलगायतका कलाकारहरूको सशक्त अभिनय रहेको छ ।

सांस्कृतिक अभिवृद्धि र मनोरञ्जनलाई संस्थागत स्तरमै प्रोत्साहन गर्ने उद्देश्यले अर्घाखाँची सिमेन्ट लिमिटेडले डिलर र कर्मचारीबीच आपसी सम्बन्ध र सकारात्मक उर्जा सुदृढ गर्ने विश्वास गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी