बालेनलाई सुकुम्बासी बस्तीमा डोजर नचलाउन जेनजी एलाईन्स र दुर्गा प्रसाईको अलग अलग चेतावनी

बालेनलाई सुकुम्बासी बस्तीमा डोजर नचलाउन जेनजी एलाईन्स र दुर्गा प्रसाईको अलग अलग चेतावनी

  • आइतवार, कार्तिक २३, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.7K
    SHARES

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सुकुम्बासी बस्तीमा फेरि डोजर चलाउने तयारी गरेको भन्दै जेनजी मुभमेन्ट एलायन्सले विरोध जनाएको छ ।
आज एक विज्ञप्ति जारी गर्दै अलायन्सले बसोबास उठाएर द्वन्द्व सिर्जना गर्नुभन्दा समस्या समाधानको बाटो खोज्न महानगरलाई सुझाव दिएको छ।

अलायन्सले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरूले कष्टपूर्ण जीवनयापन गरिरहेका बेला उनीहरूमाथि निरन्तर प्रहार गरी देशभित्रै आप्रवासीजस्तो व्यवहार गर्नु घोर निन्दनीय भएको बताएको छ।

लामो समयदेखि सीमित वर्गको अधीनमा भूमि सम्बन्धी व्यवस्था हुँदै आएको र भूमि आयोगहरूमा समेत दलीयकरण तथा माफियाहरूको रजगजले गर्दा समस्या समाधान हुन नसकेको अलायन्सको ठहर छ।
अलायन्सले भूमि अधिकारलाई नैसर्गिक अधिकारको रूपमा स्थापित गर्दै सम्बन्धित समुदायसँगको सहमतिमा उपयुक्त व्यवस्थापन अपनाई काठमाडौँ महानगरले उदाहरण प्रस्तुत गर्नुपर्नेमा जोड दिएको छ। साथै, निहत्था र उत्पीडित जनतामाथि स्थानीय सरकारले दम्भ, तिरस्कार र बेवास्ताको अस्त्र नचलाउन पनि चेतावनी दिएको छ।

अघिल्लो साता महानगरले धोबीखोला र बागमती किनाराका बस्ती हटाउन एक साताको अल्टिमेटम दिएपछि सुकुम्बासी बस्तीमा तनाव बढेको छ ।

यसै गरी दुर्गा प्रसाई समुहले पनि सुकुम्बासी बस्ती भत्काउन आए बालेनसँग भीड्ने चेतावनी दिएको छ । प्रसाई आफै बस्तीमा पुगेर सुकुम्बासीको पक्षमा उभिएका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ