नेपाल श्रीलङ्कासँग पराजित

नेपाल श्रीलङ्कासँग पराजित

  • शनिबार, कार्तिक २२, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.4K
    SHARES

काठमाडौँ, २२ कात्तिकः हङकङमा जारी हङकङ सिक्सेस प्रतियोगिताअन्तर्गत नेपाल श्रीलङ्कासँग तीन विकेट पराजित भएको छ । यससँग प्रतियोगितामा नेपालले लगातार तेस्रो हार बेहोरेको छ ।

आजै भएको समूह चरणको खेलमा नेपाल दक्षिण अफ्रिकासँग चार विकेटले पराजित भएको थियो । त्यस्तै हिजो भएको खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको थियो ।

आज टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित छ ओभरमा चार विकेट गुमाउँदै ८६ रन बनायो । नेपालका लागि ओपनरद्वय सन्दीप जोराले ३९ र लोकेश बमले अबिजित ३१ रन बनाए ।

श्रीलंकाका लागि थरिन्दु रत्नायकेले दुई विकेट लिए भने लाहिरु समरकुन र लहिरु मदुशन्काले समान एक–एक विकेट लिए । सतासी रनको लक्ष्य श्रीलङ्काले ५.३ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो । उसका लागि धनञ्जय लक्षणले अविजित ३६ रन बनाए भने निमेश विमुखीले अविजित ३३ रन बनाए ।

नेपालको लागि रुपेश सिंहले दुई विकेट लिए भए भने लोकेश बमले एक विकेट लिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी