२२ कात्तिक, काठमाडाैं । पूर्वअरनिकाे यातायातअन्तर्गत यात्रुवाहक सवारीसाधन चल्नेमध्ये काेशिपारी रूटकाे सडक उच्च जाेखिमपूर्ण बनेकाे छ । डाेरखानी, पासेवान, छेर्पा, दूति, लिसंखु दूधपाेखरी, गुराँसे गन्तव्यमा जाेखिमपूर्ण सडक छिचाेलेर चलाइरहेका छन् । यस रूटमा सबै सडक कच्ची रहेकाे र सामान्य वर्षा हुँदा पनि दुर्घटनाकाे उच्च जाेखिममा पर्ने संभावना अत्यधिक हुने चालकहरू बताउँछन् । यही कार्तिक १५ गते काडमाडाैं फर्कदै गरेकाे बस काभ्रेकाे झुलेस्थित राताे माटाेकाे हिलाम्मे सडकबाट झण्डै भिरमा खस्न पुगेकाे बताइन्छ । त्यसअघि सलम्बुमा मुश्किलले दुर्घटनाबाट बचेकाे थियाे । उकालाे त्यस्मा पनि घुम्तीमा बस सडक डिल कट्ने खतरामा पुगेकाे थियाे । त्यसबेला बसमा चालक दलसहित १८ जना थिए । पटकपटककाे प्रयासपछि मात्र बस उक्लिएकाे थियाे (हेर्नुस् भिडियाे) ।
बसकाे छतमा समेत सामान र यात्रु राख्ने गर्नाले दुर्टनाकाे खतरा बढेकाे यात्रुहरू बताउँछन् । बसमा हरेकपटक बसमा सवार यात्रुकाे भार भन्दा ढुवानीका सामानकाे भार बढी हुने गरिएकाे उनीहरूकाे अनुभव छ । खाल्डाखुल्डीमा यात्रुहरूलाई चालकले सिट बलियाेसित समातेर बस्न भनेकाे एक यात्रुले बताए । पुरानाे बस नहटाउनु पनि दुर्घटना अर्काे कारण हुने उनीहरू बताउँछन् । सडक दशक अगाडि सुरू भएपनि ९० प्रतिशत बढी कच्ची छन् । वर्षामा हिलाे र घाम लाग्दा धुलाे हुने सडक यस भेगका यात्रुका लागि कष्टप्रद बनेकाे छ ।
यसअघि १२ वर्षपहिले काेशिपारी अन्तर्गत कात्तिके देउराली जाँदै गरेकाे बस काेलाँतीदेखि केहिपर उकालाेमा बस पछाडिपट्टि भिरमा खस्दा २९ जना यात्रुकाे ज्यान गएकाे थियाे । त्यसपछि तत्कालिन यातायात मन्त्री रमेश लेखकले बसकाे छत हटाउन निर्देशन दिएका थिए । तर टेरेनन्, उल्टै बस व्यवसायीहरूले घुस सेटिङ मिलाएर यथावत राख्न सफल भए, जुन अहिलेसम्म कायम छ । यस रूटमा अरनिकाे बस समितिले यात्रुलाई बसलाई तरबारकाे धारमा चलाइरहेकाे भन्दै गुनासाे भइरहेकाे छ । याे रूटमा सुरक्षा हेर्ने जिम्मा भक्तपुरकाे जगाति, काभ्रेकाे साँगा, धुलसखेल, पाँचखाल र दाेलालघाट ट्राफिक प्रहरीकाे पर्दछ । तर यसमा सुरक्षा निकाय नदेखेझैं बनेर बसिरहेकाे भुक्ताभाेगी यात्रुहरूकाे अनुभव छ । मानाैं, ठूलै दुर्घटना पर्खिरहेछन् ।
भिडियाे हेराैं: