प्रहरी निरीक्षक अनु लामालाई सेवाबाट हटाउने गृहमन्त्रालयको चेतावनी

प्रहरी निरीक्षक अनु लामालाई सेवाबाट हटाउने गृहमन्त्रालयको चेतावनी

  • शुक्रबार, कार्तिक २१, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

बागमती प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक अनु लामा लामो समयदेखि कार्यालयमा गैर हाजिर रहेको भन्दै गृह मन्त्रालयले स्पष्टीकरण सोधेको छ। गृह मन्त्रालयले आज सार्वजनिक सूचना जारी गर्दै सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन इन्सपेक्टर लामालाई निर्देशन दिएको हो। गृह मन्त्रालयका अनुसार उनी गएको असार २५ गतेदेखि कार्यालयमा उपस्थित भएकी छैनन्।

त्यतिबेला दस दिनको बिदा लिएर बसेकी उनले त्यसपछि पुनः १० दिन थप बिदा स्वीकृति गराएकी थिइन्।

२० दिनको बिदा सकेपछि गएको साउन १६ गते नै उनी कार्यालयमा हाजिर हुनुपर्ने थियो। तर, त्यसयता पनि कसैलाई जानकारी नगराई उनी गैरहाजिर रहेको मन्त्रालयले जारी गरेको सूचनमा उल्लेख छ।

कार्यालयमा अनुपस्थित भएपछि सम्बन्धित निकायले उनको खोजतलास गरेको थियो। त्यसपछि उनको काभ्रेको बेथानचोक गाउँपालिका– ५ स्थित घरमा पनि सूचना टाँस गरिएको थियो। त्यति गर्दासमेत उनी कार्यालयमा अनुपस्थित भएपछि सार्वजनिक सूचना जारी गरिएको गृह मन्त्रालयले जनाएको छ।

सूचना प्रकाशित भएको ७ दिनभित्र आफू गैरहाजिर हुनुको कारण र सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन लामालाई गृहले निर्देशन दिएको छ।

अन्यथा सेवाबाट हटाउने मन्त्रालयले चेतावनी दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ