म लेख्ने छैन
शहरका कथा
मलाई लेख्न देउ
गाउँका कथा
लेख्ने छैन म
महलका कथा
लेख्न देउ मलाई
बुकुराका कथा ।
यो सिङ्गो कविता हैन
कवितांश मात्रै हो
टहलमान कविता पढ्छ
धना कविताको अर्थ खोज्छे ।
धेरैलाई लाग्न सक्छ
कविता मरी सक्यो आर्यघाटमा
कवि बहुलाई सस्यो नयाँ सडकमा
कविता मरेको भ्रममा
कवि बहुलाएको भ्रममा
भजन गाएर बस्छन
दास जस्तै अनुहार भएका मान्छेहरु
विचराहरु
भाग्यवादी चिन्तन बोकेर
आशाामुखी जस्तै बाँचेका छन तिनीहरु ।
आफ्नो जीवनलाई आफै ढाँटेर
पीडादायी मृत्युलाई हाँसोमा उडाई
आफ्नो मृत्यु भुलेर
धुत्ने प्रपञ्चमा किन फस्छ मान्छे ?
धारिलो कैंची चलाउँदै
छिया छिया बनाइन्छन आस्था र भरोसा
आस्था मर्दैन
आस्थाकै नाममा
बगाइएका छन रगतका नदीहरु ।
हो, म रगतको कविता लेख्छु
कविता क्रान्ति जस्तो बन्छ
सीमान्तकृत मानिस
क्रान्तिमा सानेल हुन्छन
उनीहरको ध्येय वर्गीय मुक्ति हो
वर्गाीय मुक्तिका लागि लडिएका छन लडाइहरु ।
मैले जीवनका
गीतहरु लेख्नु छ
मृत्यु बोकेर आउँछ समय
मृत्यु संग पौठेजोरी खेल्नु छ
म धरतीमा पसिना बगाइरहेको छु
मेरो आफ्नै स्वामित्वमा धरती छैन
युगका सपना अनेक छन
सपनाको विस्कुन फिजाएर
म सुखद भविष्य कुरी बसेको छु ।
आमालाई वश्त्रहीन पार्ने कपुत
शिर ठाडो पारी हिड्न खोज्छ
अपमान सहन नसकी आमा
बौलाही जस्तो भएर
आत्मदाह गर्छिन
एउटा इतिहास मरेर जान्छ ।
सुन्दरहरैंचा –६, दुलारी, मोरङ
९८४२०७३५२५
kpchandra2023@gmail.com