नेपाल अन्तिम खेलमा पनि युएईसँग पराजित

नेपाल अन्तिम खेलमा पनि युएईसँग पराजित

  • बुधबार, कार्तिक १९, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

काठमाडौँ, १९ कात्तिकः आइसिसी विश्वकप लिग–२ अन्तर्गत आज भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई)सँग पराजित भएको छ । यससँगै नेपाल आइसिसी विश्वकप लिग–२ अन्तर्गतको आफ्नो पाँचौँ त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा जीतविहीन बनेको छ ।

आइसिसी एकेडेमी दुबईमा आज सम्पन्न चौथो तथा अन्तिम खेलमा घरेलु टोली युएईसँग चार विकेटले पराजित भएसँगै नेपाल जीतविहीन बनेको हो । त्यसअघि नेपाल अमेरिकासँग १०६ रन र चार विकेटले पराजित भएको थियो भने युएईसँग पाँच विकेटको हार बेहोरेको थियो ।

आज नेपालले प्रस्तुत गरेको २४० रनको लक्ष्य पछ्याएको युएईले पाँच बल बाँकी रहँदा ६ विकेट गुमाउँदै पूरा ग¥यो ।

युएईका लागि मोहम्मद शहदादले १२३ बलमा ६ चौका र तीन छक्काको मद्दतले सर्वाधिक ९६ रनको योगदान गरे ।

त्यसैगरी, मोहम्मद वासिमले ७३ बलमा चार चौका र तीन छक्कासहित ७६ रन बनाए भने सोहेब खानले २९, कप्तान अलिसान शराफुले १८ तथा हर्षित कौशिकले १३ रन बनाए ।

नेपालका लागि करण केसीले तीन विकेट लिँदा नन्दन यादव, ललितनारायाण राजवंशी र सन्दीप लामिछानेले समान एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३९ रनको योगफल बनाएको थियो ।

नेपालका लागि भीम सार्कीले सर्वाधिक ४८ रनको योगदान दिए । त्यस्तै कुशल मल्लले ४५, दीपेन्द्रसिंह ऐरीले ३७, आसिफ शेखले ३४, आरिफ शेखले ३० तथा सन्दीप लामिछानेले अविजित १५ रन बनाए ।

यता युएईका लागि जुनैद सिद्धिकी, मोहम्मद जवादुल्लाहल र ध्रुव परासरले समान दुई÷दुई विकेट लिए भने जाहिद अलीले एक विकेट लिए ।

यस हारसँगै २० खेलमा १२ अङ्क जोडेको नेपाल सातौँ स्थानमा छ । जितसँगै युएई समान खेलबाट १० अङ्कका साथ अङ्क तालिकाको अन्तिम स्थानमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी