भैरहवाको होटल निर्माणमा गोली चल्यो, सुरक्षागार्ड घाईते

भैरहवाको होटल निर्माणमा गोली चल्यो, सुरक्षागार्ड घाईते

  • मङ्लबार, कार्तिक १८, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.6K
    SHARES

भैरहवा — रुपन्देहीको भैरहवास्थित होटल निर्वाणा लक्जरी इन्टरनेसनल परिसरमा सोमबार राति गोली चलेको छ । मध्यरात होटल परिसरमा गोली चल्दा एक जना घाइते भएको जिल्ला प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सुरज कार्कीले राति दुई समूहबीच झगडा हुँदा गोली चलेको जानकारी दिए । घटनालगत्तै प्रहरी पुगे पनि गोलीको खोका फेला नपरेको कार्कीले जनाए ।

गोली लागेर होटलका सुरक्षा गार्ड २७ वर्षीय मीनबहादुर परियार घाइते भएका छन् । उनको तिघ्रामा गोली लागेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार होटल अगाडि केही व्यक्तिबीच वादविवाद चलिरहेको थियो । त्यही क्रममा एक समूह होटलमा प्रवेश गर्न थालेपछि सुरक्षा गार्डले रोक्ने प्रयास गरेका थिए ।

गोली चलाउनेको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ