१५ पटक सगरमाथा चढेका फुर्वा यलुङ री मा हिमपहिरोमा परी वेपत्ता

१५ पटक सगरमाथा चढेका फुर्वा यलुङ री मा हिमपहिरोमा परी वेपत्ता

  • मङ्लबार, कार्तिक १८, २०८२
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

१८ कात्तिक, काभ्रेपलाञ्चोक । दोलखाको रोल्वालिङ हिमश्रृङखलाको ‘यलुङ री’ हिमालमा आएको हिम पहिरोमा पुरिएर सगरमाथाको सफल आरोहण गरिसकेका फुर्वा तेन्जिङ शेर्पा बेपत्ता छन् ।

१५ पटक सगरमाथाको सफल आरोहण गरिसकेका दोलखाको गौरीशंकर गाउँपालिका–९ बेदिङका फुर्वा तेन्जिङ शेर्पा बेपत्ता भएको प्रहरीले जनाएको छ । फुर्वा तेन्जिङ २४ वर्षको उमेरमै ९ पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गरी गिनिज बुकमा नाम लेखिसकेका विख्यात आरोही हुन् ।

ड्रिम्स डेस्टिनेसन ट्रेक्स एण्ड एक्सपिडिसन कम्पनीको व्यवस्थापनमा डोल्मा खाङ हिमाल र आरोहणका लागि तीन विदेशी आरोही र ५ जना नेपाली टुरिष्ट गाइडसहित ८ जना र स्थानीय गाइड समेत १४ जना यलुङ री बेस क्याम्प पुगेको थियो ।

घटनास्थलतर्फ नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त सुरक्षा फौज परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ । लामा बगरको गोंगरबाट खटिएको करिवब ५० जनाको सुरक्षा टोली ना गाउँ गइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

खराब मौसमका कारण सोमबार दिनभर हेलिकोप्टर परिचालन भए पनि रात परेका कारण उद्धारको काम हुन सकेको थिएन ।

मंगलबार बिहान ४ जना घाइतेको हेलिकप्टरमार्फ़त उद्धार भएको दोलखा प्रहरीले जनाएको छ । चार जना मध्ये २ जना नेपाली र २ जना विदेशी छन । उद्धार भएका बिरामीको नाम खुलेको छैन ।

प्रहरीका अनुसार हिमाल आरोहणका लागि गएका ७ विदेशी सहित १४ जनाको समूहमध्ये ३ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता छन् । बाँकी ४ जनाको हेलिकप्टर मार्फ़त उद्धार भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ