काठमाडाैं महानगरद्वारा निर्मित प्रतिक्षालयमा रङराेगन गर्दै मजदुरहरू

काठमाडाैं महानगरद्वारा निर्मित प्रतिक्षालयमा रङराेगन गर्दै मजदुरहरू

  • सोमवार, कार्तिक १७, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

१७ कात्तिक, काठमाडाैं । काठमाडाैं महानगरपालिकाले सवारी यात्रु तथा सर्वसाधारणका लागि विभिन्न सडक छेउमा व्यवस्थित आधुनिक ढाँचामा प्रतिक्षालय निर्माण गर्ने काम जारी राखेकाे छ ।
वर्षा र घाम छेक्न सकिने भरपर्दाे ओत र आराम गर्न मिल्ने बेञ्चसहित माैलिकता झल्कने किसिमबाट आधुनिक ढाँचामा नयाँबानेश्वरकाे सिभिल सर्भिस हस्पिटलकाे प्रवेश द्वारमा नजिक बनाइएका प्रतिक्षालयमा मजदुरहरू साेमबार रङराेगन गररहेका देखिन्थे ।
महानगरले यही प्रकारका प्रतिक्षालय साथै कतिपय सडक छेउमा सतल समेत बनाइरहेकाे छ । महानगरमा नयाँ नेतृत्व आएदेखि फुटपाथ विस्तार, वृक्षाराेपण, सार्वजनिक शाैचालय, सरसफाई तथा व्यक्ति तथा संस्थाले अनाधिकृत रूपमा प्रयाेग गर्दै आइरहेका सार्वजनिक जग्गा फिर्ता गराउने लगायत काम गर्दै आइरहेकाे छ । नयाँ बनेका प्रतिक्षालय यसअघिका भन्दा निकै सहज र सुविधाजनक रहेकाे यात्रुहरू बताउँछन् ।
उनीहरूले प्रतिक्षालय महानगरभित्र धेरै स्थानमा आवश्यक रहेकाे र त्यहाँ छिटाे बनाउनुपर्ने विषय ओैल्याए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ