महाधिवेशन कार्यतालिकाबारे छलफल गर्न बसेको कांग्रेस पदाधिकारी बैठक निष्कर्षविहीन

महाधिवेशन कार्यतालिकाबारे छलफल गर्न बसेको कांग्रेस पदाधिकारी बैठक निष्कर्षविहीन

  • शनिबार, कार्तिक १५, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.2K
    SHARES

कार्तिक १५, काठमाडौँ । नेपाली कांग्रेस पदाधिकारी बैठक निष्कर्षविहीन बनेको छ ।पार्टीको आसन्न महाधिवेशनको कार्यतालिकाबारे सहमति जुटाउन बसेको बैठक निश्कर्षबिहन बनेको हो ।

निर्वाचन अघि गर्ने कि पछि भन्ने विषयमा देखिएको विवाद समाधान गर्न शनिबार पार्टी मुख्यालय सानेपामा बसेको पदाधिकारी बैठकमा पनि सहमति जुट्न सकेन । बैठक समान धारणा बनाउने निष्कर्षका साथ सकिएको पार्टीका प्रवक्ता डा। प्रकाशशरण महतले बताएका छन् ।

प्रवक्ता महतका अनुसार पदाधिकारी बैठक बसेर टुंगिएको छ । केन्द्रीय कार्यसमितिमा चलिरहेको छलफललाई सर्वसम्मत निर्णयमा कसरी पुर्‍याउने भन्नेमा नै हाम्रो ध्यान केन्द्रित छ । सहमति नजिक पुगेको अनुभव मैले गरेको छु । केन्द्रीय समितिले यही सहमतिबाट निर्णय गर्नेछ, र एउटै दृष्टिकोणबाट निष्कर्षमा पुग्नेछ भन्ने विश्वास छ, उनले भने ।

उनले १५औँ महाधिवेशन आम निर्वाचनअघि गर्दा राम्रो हुन्छ कि पछि गर्दा हुन्छ भन्ने विषयमै मतभेद रहेको छ । उनले भने, तर धेरै हिसाबले हामी नजिक आएका छौँ, र अन्ततः एउटै निष्कर्षमा पुग्नेछौँ भन्ने मलाई लागेको छ ।

नेपाली कांग्रेसको संस्थापन पक्षले आगामी वैशाखतिर, अर्थात् निर्वाचनपछि मात्रै पार्टीको महाधिवेशन गर्न उपयुक्त हुने अडान लिँदै आएको छ । तर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितको इतर पक्षले निर्वाचनअघि नै विशेष महाधिवेशन गर्नुपर्ने माग गर्दै आएका छन् । यही विषयमा मतभेद बढेपछि चालु केन्द्रीय समितिको बैठक पनि भोलिसम्मका लागि स्थगित गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ