अमेरिकाविरुद्ध नेपालको ब्याटिङ सुरु, आसिफ शेख आउट

अमेरिकाविरुद्ध नेपालको ब्याटिङ सुरु, आसिफ शेख आउट

  • शनिबार, कार्तिक १५, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

काठमाडौँ, १५ कात्तिकः आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत यूएईमा जारी एकदिवसीय शृङ्खलामा अमेरिकाविरुद्धको खेलमा नेपाललाई सुरुआतमै झट्का लागेको छ ।
दुबईस्थित आईसीसी एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पहिलो विकेटका रुपमा आसिफ शेख आउट भएका छन् । उनलाई दोस्रो ओभरको दोस्रो बलमा नोस्तुस केन्जिजले बोल्ड गरे ।

आजको खेलमा नेपालले सोमपाल कामीको स्थानमा नन्दन यादवलाई मौका दिएको छ । जारी शुङ्खलामा नेपालले खेलेका दुवै खेलमा पराजित भएको छ । नेपाल पहिलो खेलमा अमेरिकासँग १०६ रन र दोस्रो खेलमा यूएईसँग पाच विकेटले पराजित भएको थियो ।

नेपालको प्लेइङ–११ मा कप्तान रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, करण केसी, सन्दीप लामिछाने, नन्दन यादव र ललित राजवंशी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी