कांग्रेसमा नियमित महाधिवेशनको कार्यतालिका ल्याउनेबारे छलफल

कांग्रेसमा नियमित महाधिवेशनको कार्यतालिका ल्याउनेबारे छलफल

  • शुक्रबार, कार्तिक १४, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.3K
    SHARES

काठमाडौँ, १४ कात्तिकः नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेसभित्र नियमित महाधिवेशन गर्नेबारे पार्टी पदाधिकारीसँग छलफल गर्नुभएको छ । उहाँले आज आफ्नो सम्पर्क कार्यालय विशालनगरमा पार्टीभित्र देखिएको गतिरोध अन्त्य गरी नियमित महाधिवेशनको कार्यतालिका ल्याउने विषयमा आफू निकट पदाधिकारीसँग छलफल गर्नुभएको हो ।

छलफलमा पार्टी उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे सहभागी रहनुभएको डा कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले राससलाई जानकारी दिनुभयो ।

गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनपछि नेपाली कांग्रेसभित्र नियमित महाधिवेशन र विशेष महाधिवेशनको विषय उठ्दै आएको छ । गत असोज २८ गतेदेखि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकसमेत बस्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ