माओवादीसँग एकताको टुंगो लगाउन एकीकृत समाजवादीले दियो केन्द्रीय सचिवालयलाई जिम्मा

माओवादीसँग एकताको टुंगो लगाउन एकीकृत समाजवादीले दियो केन्द्रीय सचिवालयलाई जिम्मा

  • शुक्रबार, कार्तिक १४, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

कार्तिक १४, काठमाडौँ । एकीकृत समाजवादीले माओवादी केन्द्रसँग पार्टी एकताको निर्णयलाई टुंगोमा पुर्‍याउने जिम्मा केन्द्रीय सचिवालयलाई दिएको छ । बुधबारदेखि सुरु भएको केन्द्रिय समिति बैठकमा बहुमत केन्द्रीय सदस्यले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेका हुन् ।

अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रसँगको एकता प्रस्तावलाई बैठकमा बहुमत सदस्यले ताली बजाएर अनुमोदन गरे । एकीकृत समाजवादीले माओवादीसँगै महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी (नेसपा) सँग पनि एकता गर्ने निर्णय गरेको छ ।

केन्द्रीय कमिटीको बैठकमा सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्ष घनेन्द्र बस्नेत, महासचिव घनश्याम भुसाल, उपमहासचिव विजय पौडेल, नेतृ रामकुमारी झाँक्रीलगायत एक दर्जन नेताले माओवादीसँग एकता गर्न नहुने पक्षमा अडान लिएका थिए । बहुमत सदस्य एकता गर्ने पक्षमा भएपनि खनाल सहितका नेता विपक्षमा उभिएपछि ‘माओवादीसँग एकताका लागि सचिवालयलाईजिम्मा दिईएको हो । केन्द्रीय कमिटीले यसलाई टुंगोमा पुर्‍याएन,’ महासचिव घनश्याम भुसालले भने, ‘हाम्रो असहमति सचिवालय बैठकमा राख्छौं ।’

बैठकपछि उपाध्यक्ष एवं प्रवक्ता प्रकाश ज्वालाले भने माओवादीलगायत अन्य दलसँग एकता गर्ने नीतिगत निर्णय भएको दाबी गरे । ‘नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रलगायत राजनीतिक दलहरुसँग पार्टी एकता गर्ने नीतिगत निर्णय गरेको छ । एकताको सम्पूर्ण प्रक्रिया कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा सचिवालयलाई अधिकार दिएको छ,’ उनले भने, ‘पार्टी एकता गर्ने सर्वसम्मतिले निर्णय गरका छौं ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ