आज पनि दिनभर पानी पर्ने, शुक्रबार रातिदेखि केही कम हुँदै शनिबारबाट थामिने

आज पनि दिनभर पानी पर्ने, शुक्रबार रातिदेखि केही कम हुँदै शनिबारबाट थामिने

हिउँ र कुहिरोमा हेलिकोप्टर नउडाउन क्यानको निर्देशन

  • शुक्रबार, कार्तिक १४, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.5K
    SHARES

आज शुक्रबार पनि दिनभर पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएकोछ । आज रातिबाट पानी पर्न केही कम हुँदै शनिबारबाट थामिने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले बताएका छन्
बंगालको खाडीमा विकसित भएको मोन्था नामक चक्रवात, पश्चिमी वायु र अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव एकसाथ देखिँदा वर्षा र हिमपातले जनजीवन प्रभावित बनेको छ । चक्रवातका कारण गण्डकीदेखि पूर्वी भूभागसम्म बुधबार रातिबाट लगातार पानी परिरहेको छ भने त्यसभन्दा पश्चिम क्षेत्रमा चक्रवातको असर नरहे पनि पश्चिमी वायुका कारण बादल लाग्नुका साथै केही ठाउँमा वर्षा भएको छ । बिहीबार दिउँसोभन्दा राति ठुलो पानी परेको छ ।

अधिकारीले न्यूनचापीय प्रणालीका रूपमा भित्रिएको चक्रवातले शुक्रबार पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका पूर्वी भूभागमा वर्षा हुने बताए । कोशी, बागमती, गण्डकी र कर्णालीका हिमाली क्षेत्रमा हिमपात पनि हुनेछ । ‘यो प्रणाली शनिबारसम्म रहने देखिन्छ । तर, शुक्रबार रातिबाट पानी पर्ने क्रम कम हुन्छ । यद्यपि, शनिबार बिहान कोशी र मधेशमा वर्षाको सम्भावना छ,’ उनले भने, ‘शनिबार दिउँसोबाट देशभर मौसममा सुधार हुन्छ ।’

काठमाडौं उपत्यकासहित देशका धेरैजसो क्षेत्रमा बिहीबार दिनभर पानी पर्दा सडक र हवाई यातायात पनि प्रभावित बन्यो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान बिहीबार अपराह्न पौने ५ बजेसम्म प्रभावित बनेकामा त्यसपछि मात्र पुन: उडान भएको थियो । बाढीपहिरोको जोखिमका कारण जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहीबार र शुक्रबार राति बिपी राजमार्गको खुर्कोट बजारबाट काठमाडौंतर्फ जाने सवारीसाधन आवागमन निषेध गरेको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डको दाउन्ने क्षेत्रमा गाडी एकतर्फी चलिरहेका छन् । हिमाली क्षेत्रको पदयात्रा गत मंगलबारदेखि प्रभावित रहेकामा पछिल्लोपटक स्थानीय प्रशासनले सूचना नै जारी गरेर बन्द गरेका छन् ।

२४ घन्टा (बुधबार राति ८ बजेदेखि बिहीबार राति ८ बजेसम्म ) लुम्बिनीका रुपन्देही र कपिलवस्तु, बागमतीमा काठमाडौं, ललितपुर, मकवानपुर र काभ्रेपलान्चोक, मधेशको सिराहा र कोशीका उदयपुर, खोटाङ, संखुवासभालगायत जिल्लामा ४० देखि ५८ मिलिमिटरसम्म पानी पर्‍यो । यो अवधिमा सबैभन्दा धेरै पानी ललितपुरको लेलेमा ५८ मिलिमिटर मापन भएको छ ।
उता नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले हिउँ वा घना कुहिरो रहेको क्षेत्रमा व्यावसायिक रूपमा हेलिकोप्टर उडान नगर्न निर्देशन दिएको छ । सिनामंगलस्थित प्राधिकरणको कार्यालयमा हेलिकोप्टर कम्पनीका पाइलट, सञ्चालक र प्राधिकरणका अधिकारीबिचको छलफलपछि प्राधिकरणले यस्तो निर्देशन दिएको हो ।

यस्तो छ आजको मौसम प्रक्षेपण

दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थानमा मध्यम वर्षाको साथै कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । कोशी, मधेश र बागमतीका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा ठुलो वर्षाको पनि आकलन छ । कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा तथा बाँकी उच्च पहाडी र हिमाली भू–भागका थोरै स्थानमा मध्यम हिमपातको सम्भावना छ । कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा बाक्लो हिमपातको पनि आकलन छ ।

राति : कोशी, मधेश र बागमतीका धेरै स्थान, गण्डकी तथा लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी र मधेशका थोरै स्थान र बागमतीका एक–दुई स्थानमा ठुलो वर्षाको पनि आकलन छ । कोशी र बागमतीका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थान तथा गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा मध्यम हिमपातको सम्भावना छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ