कांग्रेस केन्द्रीय समिति बैठकः बहुसंख्यक सदस्य नियमित महाधिवेशनको पक्षमा

कांग्रेस केन्द्रीय समिति बैठकः बहुसंख्यक सदस्य नियमित महाधिवेशनको पक्षमा

  • शुक्रबार, कार्तिक १४, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.4K
    SHARES

नेपाली कांग्रेसका अधिकांश केन्द्रीय सदस्यहरूले नियमित महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन्।

पार्टीभित्र नियमित महाधिवेशन वा विशेष महाधिवेशनका लागि रस्साकस्सी चलिरहेका बेला जारी केन्द्रीय समिति बैठकमा बोल्ने सदस्यहरूले नियमित महाधिवेशनमा जानु नै उपयुक्त हुने धारणा राखेको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले केन्द्रीय सदस्यहरूले देशको राजनीतिक संकट, आगामी निर्वाचनको सुरक्षा अवस्था र पार्टी महाधिवेशनका विषयमा धारणा राखेको बताए।

उनले भने, ‘पार्टीमा जुन महाधिवेशनको कुरा उठेको छ यसमा अधिकांश साथीहरुले नियमित महाधिवेशनमा जानुपर्ने र त्यसको लागि राष्ट्रिय निर्वाचनलाई अहिले प्राथमिकता दिनुपर्छ भन्ने कुरा गर्नुभएको छ। केही साथीहरुले चुनाव अगावै अधिवेशन गर्ने कुरा पनि गर्नुभएको छ। यीनै कुराहरू भएका छन्।’

उनका अनुसार केन्द्रीय सदस्यहरूले अगामी २१ फागुनमा तोकिएको निर्वाचनका लागि सरकारले सुरक्षाको प्रत्याभूति दिलाउन नसकेको भन्दै चिन्ता समेत व्यक्त गरेका छन्।

गाउँमा शान्ति सुव्यवस्था कायम हुन नसकेको अवस्थामा निष्पक्ष, भयरहित र शान्तिपूर्ण ढंगले निर्वाचन हुनेमा आंशका रहेको उनको भनाइ छ। यद्यपी सरकारले निर्वाचनका लागि उचित वातावरण बनाए चुनावका लागि सरकारलाई सघाउने धारणा समेत सदस्यहरूले राखेको प्रवक्ता महतले जानकारी दिए।

उनले बैठकमा संसद पुनःस्थापनाको विषय समेत उठान भएको बताए। केही केन्द्रीय सदस्यहरूले संसद पुनर्स्थापनाको सम्भावनाबारे समेत धारणा राखेको उनको भनाइ छ ।

उनले भने, ‘सरकारले प्रस्ताव गरेको निर्वाचनका सम्बन्धमा अझै पनि गाउँ गाउँमा सुरक्षाको प्रत्याभूति नभएको कारणले शान्तिपूर्ण र भयरहित ढंगले निर्वाचन गर्न सकिन्छ कि सकिँदैन भन्ने विषयमा पनि साथीहरूले धारणा राख्नुभएको छ। निर्वाचनका लागि शान्ति सुरक्षाको प्रत्याभूत गर्ने कुरामा सरकारले विशेष ध्यान दिनुपर्छ भन्ने कुरा साथीहरुले राख्नुभएको छ। बैठकमा संसद पुनर्स्थापनाका कुराहरु पनि उठेका छन्। त्यसको सम्भावनाको बारेमा पनि साथीहरूले बोल्नुभएको छ। समग्रमा निर्वाचनको परिस्थिति बन्यो निर्वाचनमा जानुपर्छ भन्ने कुरा नै आएको छ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ