नेपाल युएईसँग पनि पराजित, बलरहरु हावी हुन नसक्दा गुम्यो खेल

नेपाल युएईसँग पनि पराजित, बलरहरु हावी हुन नसक्दा गुम्यो खेल

  • बिहिबार, कार्तिक १३, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

कप्तान रोहित पौडेलको शतकका बाबजुद नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ मा लगातार दोस्रो हार व्यहोरेको छ। नेपाली बलरहरुले शुरुवातमै विकेट झार्न नसक्दा नेपाल ५ विकेटले पराजित हुन पुग्यो ।

२३४ रनको लक्ष्य पछ्याएको यूएईले ४३.३ ओभरमा २३७ रन बनाएको हो। यूएईलाई जित दिलाउन ओपनर आर्यांश शर्माले ९८ र एलिशान शराफुले ४५ रनको योगदान गरे। शोयब खान शून्य रनमा समेटिँदा रिटायर्ड हर्ट राहुल चोपडाले १५, मुहम्मद वसीमले २६ रनको योगदान गरे भने हर्षित कौशिकले १३ रन जोडे। नटआउट रहेका ध्रुव पराशरले १६ र जाहिद अलीले ६ रन बटुले। नेपाली बलरले १३ अतिरिक्त रन दिएका थिए।

बलिङतर्फ सन्दीप लामिछानेले २ तथा करण केसी र दीपेन्द्र सिंह ऐरीले समान १ विकेट लिए। अन्य ४ बलरले जादु छोड्न नसक्दा नेपाल पराजित भयो। ललित राजवंशी, सोमपाल कामी, आरिफ शेख र कुशल भुर्तेल विकेटविहीन रहे।

दुबईमा जारी खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको थियो। ५० ओभर खेलेको नेपालले सबै विकेट गुमाएर २३३ रन मात्र बनाएको थियो।

खेलमा रोहित पौडेलले कप्तानी पारी खेले। १२६ बलमा सय रन पूरा गरेका उनले १०९ रन बनाए। कुल १२९ बलको सामना गरेका उनी जाहिद अलीको बलमा क्याचआउट भए।

नेपालको सुरुवात त्यति उत्साहप्रद हुन सकेन। ओपनर कुशल भुर्तेल सात रनमै आउट हुँदा अर्का ओपनर आसिफ शेखले ३५ रन जोडे।

त्यसैगरी भीम सार्की पनि १३ बल खेलेर ३ रन बनाउँदै क्रिज छाड्दा आरिफ शेख २७ रनमा आउट भए।

त्यसैगरी २८ बल खेलेर दीपेन्द्र सिंह ऐरीले २३ रन जोड्दा गुल्सन झाले रन बनाउन सकेनन्। उनी पहिलो बलमै जुनैद सिद्दिकीको बलमा क्याचआउट हुनपुगे।

त्यसपछि आएका सोमपाल कामीले १३ बलमा ६ रन जोडे भने करण केसीले ८ बलमा १३ रन बनाए। नेपालले ७ अतिरिक्त रन उपहार दिएको थियो।

यूएईका लागि जुनैदले ३ विकेट झार्दा मुहम्मद रोहिद र हैदर अलीले समान १ विकेट लिए। यता जाहिद अलीले सर्वाधिक ४ विकेट आफ्नो नाममा गर्दा ध्रुव पराशरले विकेट लिन सकेनन्।

लिग २ को अंक तालिकामा २२ खेलमा १६ जित निकालेको अमेरिका ३२ अंकसहित शीर्ष स्थानमा छ। यूएईले यो जितसँगै १८ खेलबाट ८ अंकसहित अन्तिममा रहँदा नेपाल १८ खेलमा ५ जितसँगै १२ अंकसहित अन्तिमबाट दोस्रोमा छ।

नेपालले अब अमेरीका र युएईसँग फेरी एक एक खेल खेल्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी