युएईलाई नेपालले दियो २३४ रनको लक्ष्य

युएईलाई नेपालले दियो २३४ रनको लक्ष्य

  • बिहिबार, कार्तिक १३, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.2K
    SHARES

आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले कप्तान रोहितकुमार पौडेलको शतकमा घरेलु टोली युएईलाई २३४ रनको लक्ष्य दिएको छ। दुबईमा बिहीबार टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ५० ओभरमा २३३ रनमा अलआउट भएको थियो ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले १०९ रन बनाए। रोहितले १३० बलमा ५ चौका र २ छक्का प्रहार गरे।

एकदिवसीय खेलमा रोहितको यो दोस्रो शतक हो। यसअघि उनले सन् २०२२ पिएनजीविरूद्ध शतक प्रहार गरेका थिए।

खराब सुरुवात गरेको नेपालका ओपनर कुशल भुर्तेल ७ रनमा आउट भए भने भीम सार्कीले पनि ३ रन मात्र जोड्न सके।

आसिफ शेखले ३५ रन जोड्दा नेपालको इनिङ सम्हालिएको थियो। यस्तै आरिफ शेखले पनि २७ रन जोडेका थिए। दीपेन्द्रसिंह ऐरीले रनआउट हुनुअघि २३ रन जोडे। रोहितले आसिफ ९३५ रन०, आरिफ ९७० रन० र दीपेन्द्रसँग ९५४ रन० गरेको साझेदारी महत्वपूर्ण सावित भयो। हिट विकेट भएका सोमपालले ६ रन बनाए। अन्तिम ओभरमा एक चौका र एक छक्का प्रहार गरेका करण केसीले ८ बलमा १३ रन दिए।

बलिङमा युएईका जाहिद अलीले ४ विके लिए भने जुनइद सिद्धिकीले ३ विकेट हात पारे।

खेलका लागि नेपाली टोली स् कुशल भुर्तेल, आसिफ शेख ९विकेटकिपर०, दीपेन्द्रसिंह ऐरी, भीम सार्की, आरिफ शेख, रोहित पौडेल ९कप्तान०, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी।

सिरिजको पहिलो दुवै खेलमा अमेरिकाले जित निकालेको छ। नेपाल र घरेलु टोली युएईले भने पहिलो खेलमा पराजय भोगेका छन्।

नेपाल र युएईविरूद्ध निकालेको जितले अमेरिका आठ अस्थायी एकदिवसीय मान्यता टोलीबीच जारी लिग(२ को शीर्ष स्थानमा पुगेको छ।

पहिलो खेलमा नेपाललाई पराजित गरेपछि शीर्ष स्थानमा स्कटल्यान्डलाई पछि पारेको अमेरिकाले मंगलबार युएईलाई पराजित गरेसँगै दुई अंकको अग्रता लियो। जारी सिरिजको बाँकी दुई खेलमा जित निकालेको अवस्थामा यो वर्ष अमेरिकाले लिग(२ मा ६ अंकको अग्रता कायम गर्ने सम्भावना छ।

अमेरिकाले २२ खेलबाट १६ जित निकालेर ३२ अंक जोडिसकेको छ। दोस्रो स्थानको स्कटल्यान्डको २४ खेलबाट ३० अंक छ। नेदरल्यान्ड्सको पनि समान खेलबाट २८ अंक छ भने अंक तालिकाको तेस्रो स्थानमा छ।

चौथो स्थानको ओमानले २० खेलबाट २४ अंक जोड्दा पाँचौ स्थानको क्यानडाले २१ अंक बटुलेको छ। छैटौं स्थानको नामिबियाको २४ खेलबाट १९ अंक छ। नेपाल १७ खेलबाट १२ अंक जोडेर सातौ स्थानमा छ भने नेपालको जति खेल खेलको पुछारको युएईको ६ अंक मात्र छ। नेपालले लिग–२ मा पाँच खेलमा मात्र जित निकालेको छ। २ खेलमा नतिजा आएको छैन भने १० खेलमा पराजय भोगिसकेको छ।

नेपालले अब बिहीबार युएई, शनिबार अमेरिका र सोमबार युएईसँग खेलेपछि यो वर्षको सबै लिग–२ का खेल सक्नेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी