नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक म्याट रसले पदबाट राजीनामा दिएका छन्। उनले नियुक्त भएको चार महिनामै राजीनामा दिएका हुन् ।
नेपालले एएफसी एसियन कप छनोटअन्तर्गत मलेसियासँग मंसिर २ मा आफ्नो पाँचौ खेल खेल्दैछ।
मलेसियाविरूद्ध खेल्नुअघि मुख्य प्रशिक्षकले राजीनामा दिएपछि अब कार्यवाहक प्रशिक्षक नियुक्त गर्ने एन्फाले तयारी गरेको बुझिएको छ ।
एसियन कप छनोटका यसअघिका चार खेलमा नेपालले रसको प्रशिक्षणमा खेल्दा चार खेल्दा सबै खेलमा पराजय भोगेको थियो। मलेसिया र लाओससँग एक एक खेल भियतनामसँग दुवै खेलमा पराजित भएसँगै नेपाल छनोटबाट बाहिरिसकेको छ।
गत फागुनमा मुख्य प्रशिक्षक नियुक्त भएपछि रसको नेतृत्वमा नेपालले सात खेल खेल्यो। सात मध्ये नेपालले सिंगापुरलाई उसैको मैदानमा पराजित गर्न सक्नु नै उपलब्धि रह्यो। नेपालले सात मध्ये एक खेलमा जित निकाल्दा दुई बराबरी र चार हार ब्यहोर्यो।