नुवाकोट । छैटो देउरालि अर्चले कप २०८२ को विजेता टोलीलाई बेलकोटगढी नगरपालिकाका नगरप्रमुख जगतबहादुर गुरुङले आर्थिक सहयोग उपलब्ध गराउनु भएको छ । प्रतियोगित सन्चालन हुनुअघि नै नगर प्रमुख गुरुङले छैटो देउरालि अर्चले कप २०८२ को प्रथम हुने टिमलाई ब्यक्तिगत रुपमा पच्चिस हजार आर्थिक सहयोग गर्ने घोषणा गर्नुभएको थियो ।
उक्त घोषणा अनुसार नै उक्त खेलमा प्रथम हुने विजेता टिम न्यु भिजन युथ क्लब बेलकोटगढी ७ को खेलाडीहरुलाई नगरपालीकामा प्रमुख प्रशासकीय अधिकृत कृष्ण बहादुर भुजेल लगायतको उपस्थितीमा सम्मानसहित उक्त रकम हस्तान्तरण गरिएको थियो ।
सो क्रममा नगरप्रमुख गुरुङले खेलकुदले युवालाई अनुशासित, सक्रिय र राष्ट्रप्रेमी बनाउने भन्दै स्थानीयस्तरमा आयोजना हुने यस्ता प्रतियोगिताले खेलकुदको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
मंगलबार नुवाकोटको बेलकोटगढीस्थित अर्चलेमा सम्पन्न छैटौं देउराली अर्चले कप २०८२ को उपाधी न्यु भिजन युवा क्लब ले हात पारेको थियो । न्यु भिजनले आयोजक कन्चना देउराली युवा क्लब लाई १–० को अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।