महिला फुटबल नेपालसँग भारत पराजित

महिला फुटबल नेपालसँग भारत पराजित

  • बुधबार, कार्तिक १२, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

काठमाडौँ, १२ कात्तिक : मैत्रीपूर्ण महिला फुटबल खेलमा नेपालले भारतलाई टाइब्रेकरमा पराजित गरेको छ ।

भारतको सिक्किमस्थित पाल्जोर रङ्गशालामा आज सम्पन्न खेलमा नेपालले घरेलु टोली भारतलाई टाइब्रेकरमा ३–० ले हराएको हो । टाइब्रेकरमा नेपालका सविता रानामगर, रश्मिकुमारी घिसिङ र निशा थोकरले गोल गरेपछि नेपाल विजयी भयो ।

नेपालका गोलकिपर अञ्जना रानामगरले भारतको पहिलो र तेस्रो पेनाल्टी सजिलै रोकिन् । दोस्रो पेनाल्टी भने बाहिरिएको थियो ।

त्यसअघि दुवै टोलीले खेलको निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा खेलेका थिए । खेलको निर्धारित समय बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । खेलमा दुवै गोल पहिलो हाफमा भएको थियो ।

खेलको ३०औँ मिनेटमा भारतकी सौम्या गुगुलोथले गोल गरिन् । त्यसपछि खेलको पहिलो हाफको अतिरिक्त समयमा नेपालकी अनिता बस्नेतले बराबरी गोल फर्काएकी थिइन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी