सरकार गठन र संसद्‌ विघटनविरुद्धको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार, ७ दिनभित्र जवाफ पेस गर्न आदेश

सरकार गठन र संसद्‌ विघटनविरुद्धको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार, ७ दिनभित्र जवाफ पेस गर्न आदेश

  • बुधबार, कार्तिक १२, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौँ, १२ कार्तिक । सर्वोच्च अदालतको संवैधानिक इजलसले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा सरकार गठन र संसद्‌ विघटनविरुद्धको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्रीको कार्यालयलगायतका विपक्षीलाई सरकार गठन र प्रतिनिधिसभा विघटनका मुद्दामा ७ दिनभित्र लिखित जवाफ पेस गर्न पनि संवैधानिक इजलासले आदेश जारी गरेको हो ।

संवैधानिक इजलासले सरकार गठन र प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा बुधबार पहिलो सुनुवाइ गरेको हो । सुनुवाइपछि मुद्दामा विपक्षी बनाइएकाहरूलाई ७ दिनभित्र लिखित जवाफ महान्यायाधीवक्ताको कार्यालयमार्फत पेस गर्न आदेश जारी गरेको छ ।

रिट निवेदनकर्ताले अन्तरिम आदेश माग गरेकोमा भने संवैधानिक इजलासले अस्वीकार गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ