ईरानसँग हारेको नेपालले भारतलाई पराजित गर्यो

ईरानसँग हारेको नेपालले भारतलाई पराजित गर्यो

  • सोमवार, कार्तिक १०, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.3K
    SHARES

कप्तान सावित्रा भण्डारी साम्बाको दुई गोलमा नेपालले इरान सम्मिलित त्रिकोणात्मक मैत्रीपूर्ण खेलमा भारतलाई पराजित गरेको छ।

भारतको सिलोङस्थित जवहारलाल नेहरु रगंशालामा भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले भारतलाई २–१ गोल अन्तरले पराजित गरेको हो।

पहिलो हाफमा १–० ले अग्रता बनाएको खेलमा नेपालले दोस्रो हाफमा एक गोल थप्दा एक गोल खान पुग्यो। पहिलो हाफको दोस्रो मिनेटमा साम्बाको गोलमा नेपालले सुरुवाती अग्रता बनाएको थियो।

खेलको ६३ औँ मिनेटमा साम्बाले फ्रिकीकमा गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन्। भारतका लागि खेलको ८१ औँ भारतकी करिश्मा पुरुषोत्तमले शान्त्वना गोल फर्काइन्।

मैत्रीपूर्ण खेलमा भारतले भने लगातार दोस्रो हार व्यहोरेको छ। नेपाल पहिलो खेलमा इरानसँग ३–० गोलअन्तरले पराजित भएको थियो।

त्रिकोणात्मक मैत्रीपूर्ण खेलपछि नेपाल र भारतबीच १३ गते मैत्रीपूर्ण खेल हुनेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी