महान् पर्व “छठ”

महान् पर्व “छठ”

  • आइतवार, कार्तिक ९, २०८२
  • लेखक : उदय कुमार साह

  • 47.3K
    SHARES

आस्थाको प्रतीक र मनमुक्तिको हो यो महान् पर्व ।
ममताको सागर र महानताको घाट हो यो पर्व ।।

इँट्टा र माटो लेपीपोती भट्टी बनाइएका,
गाईको गुइँठा, आँपको दाउरा जलाइएका ।
गाईको घ्यूबाट रोटी-खिर र ठेकुवा-कसार
बतासा, उखु, नरिबल र केरा आदि सुप्पोभरि सजाइएका ।।

बाँसका डाला-ढकीमा अर्घका सामग्री बोकेर
कयौँ मिटर खाली खुट्टा दूरी नहेरी हिँडेर ।।

छठी मैयाको गित सुन्दै, घाट सम्मको यात्रा
एक अर्काको मदत गर्ने सहयात्री बन्ने मौका ।

नदीका किनारामा, छठी घाट सजिएको ठाउँ पुगेर ।
छठी मैयाको आराधना, शुद्ध मनले पूजाअर्चना गरेर ।।

तिर्खा के हो न सम्झी, नुनको स्वाद बिर्सेर।
पवित्र मन के हो दुनियाँलाई देखाएर ।।
अठ्चालीस घण्टा भोकै रही, कडा तपस्या सहेर ।
हरेक वर्ष श्रद्धालुजन, एकै घाटमा बसेर ।।

अस्ताउँदो र उदाउँदो सूर्यको उपासना गरी अर्घ दिइन्छ ।
फूल-बत्तीको झिलिमिलीले, घाटैभरि मन लोभ्याएका छन् ।।

भाइचाराको सद्भाव सन्देश, सबैलाई बाँडेका छन् ।
बलले होइन, भित्री आत्माको शुद्धताको आस्थाले हो ।।

आत्मीय शक्ति र चेतनाले देखाएको बाटोले हो ।
हामीले मरुन्जेलसम्म यो परम्परालाई जोगाइ राख्ने हो ।।

छठ पर्वको यो कहानी, कति प्यारो!
त्रेता युगदेखि आजको कलियुगसम्म चलिआएको ।

लङ्का विजयपछि माता सीताले,
यो पर्वको महानता बताएको ।
महाभारतकालमा पनि वीर योद्धा कर्ण र द्रौपदीले मानेको ।
सूर्यदेवको प्रकाशमा कति छ शक्ति, विज्ञानले पनि जानेको ।।

मिथिला-मधेस र भारतका विभिन्न राज्यसहित,
हामी सबैको हो यो पर्व, यो महिमा विश्वभरि झल्किएको ।।

आफैँमा हो यो महान् पर्व ।
सन्तान, सुख, शान्ति, आरोग्य,
र जीवनको उत्थानको प्रतीक हो यो पर्व ।
हरेक वर्षको प्रतीक्षा हो यो पर्व ।।

गाउँदेखि सहरसम्म यसको मिठास छरिन्छ ।
जात, धर्म, धनी र गरिबको भेद मेटाएर,
हरेक वर्ष श्रद्धालुजन, एकै घाटमा बसेर
खुला आकाशमा उत्साहका साथमा पर्व मनाइन्छ ।

लेखक : उदय कुमार साह (Yudi Shah)
गौर, रौतहट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी