हमासको अपहरणमा परी निधन भएका बिपीन जोशीको शब नेपाल आईपुग्यो, प्रधानमन्त्रीले दिईन् श्रदाञ्जली

हमासको अपहरणमा परी निधन भएका बिपीन जोशीको शब नेपाल आईपुग्यो, प्रधानमन्त्रीले दिईन् श्रदाञ्जली

  • सोमवार, कार्तिक ३, २०८२
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

काठमाडौँ । प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएको अवस्थामा निधन भएका कञ्चनपुरका विपिन जोशीको शव सोमबार काठमाडौं आइपुगेको छ।

प्रधानमन्त्री सुशीला कार्की त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर विपिनको शवमा श्रद्धाञ्जली दिएकी छिन्। उनको साथमा मन्त्रिपरिषद्का सदस्यहरू पनि उपस्थित थिए। नेपाली सेनाले विपिनको शवलाई अन्तिम दाहसंस्कारको लागि महेन्द्रनगर लैजाने तयारी गरेको छ।

७ अक्टोबर २०२३ मा हमासले विपिनलाई गाजापट्टीसँग सिमाजोडिएको इजरायलको दक्षिणी क्षेत्र अलुमिम किवुजबाट बन्धक बनाएर लगेको थियो। एक महिनापछि इजरायली सेनाले विपिनको जीवित भिडियो फेला पारेको थियो।

इजरायल र हमासबीच जारी युद्ध अन्त्य गर्ने क्रममा अमेरिकाले प्रस्ताव गरेको मध्यपूर्व शान्ति योजनाको पहिलो चरण अनुसार बन्धक र प्यालेस्टिनी कैदी रिहा गर्ने सहमति भएपछि हमासले गत सोमबार विपिनको शव हस्तान्तरण गरेको थियो। जुन सम्झौता अनुसार जोशीको शब हमासले ईजरायललाई हस्तान्तरण गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ