हङकङ सिक्सेसमा नेपालले सहभागिता जनाउँदै

हङकङ सिक्सेसमा नेपालले सहभागिता जनाउँदै

  • आइतवार, कार्तिक २, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

काठमाडाैँ, २ कात्तिकः हङकङ क्रिकेट सङ्घको आयोजनामा हुने ‘हङकङ सिक्सेस’ प्रतियोगितामा मा नेपालले भाग लिने भएको छ । आगामी नोभेम्बर ७ देखि ९ तारिखसम्म आयोजना हुने उक्त प्रतियोगिताका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले शरद् भेषावकरको कप्तानीमा आज सात सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।

क्यानले कप्तान शरद्सँगै सन्दीप जोरा, लोकेश बम, बसिर अहमद, आदिल अन्सारी, रशिद खान र रुपेश सिंह छन् । प्रतियोगितामा नेपालसहित विभिन्न १२ राष्ट्रको सहभगिता रहने छ । चार समूहमा विभाजन गरिएको उक्त प्रतियोगितामा नेपाल समूह‘ए’मा परेको छ । नेपालको समूहमा दक्षिण अफ्रिका र अफगानिस्तान छन् ।

त्यसैगरी समूह ‘बी’ मा अस्ट्रेलिया, इङ्ल्याण्ड र यूएई, समूह ‘सी’मा भारत, पाकिस्तान र कुवेत छन् भने समूह ‘डी’मा श्रीलङ्का, बङ्गलादेश र हङकङ छन् । यस प्रतियोगिताको हरेक खेल समान छ÷छ ओभरको हुनेछ भने एक टिममा छ खेलाडीले खेल्न पाउने प्रावधान रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी