वीरगन्जमा हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियान सम्बन्धी तयारी बैठक सम्पन्न

वीरगन्जमा हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियान सम्बन्धी तयारी बैठक सम्पन्न

  • शुक्रबार, अशोज ३१, २०८२
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

वीरगन्ज, पर्सा । हिन्दु स्वयंसेवक संघका माननीय संघचालक तथा नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक कल्याण कुमार तिम्सिना ज्यूको सान्निध्यमा वीरगन्जमा “हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियान” अन्तर्गत बारा र पर्सा जिल्लास्तरीय प्रबुद्ध नागरिक गोष्ठीको तयारी सम्बन्धी विशेष छलफल तथा विमर्श सम्पन्न भएको छ।

उक्त छलफलमा स्थानीय समाजसेवी, शिक्षाविद्, धार्मिक अगुवा, युवा प्रतिनिधि तथा नागरिक समाजका व्यक्तित्वहरूको सहभागिता रहेको थियो। कार्यक्रममा अभियानका उद्देश्य, हिन्दु समाजमा जागरणको आवश्यकता, राष्ट्रिय एकता र संस्कार संरक्षणका विषयमा विस्तृतरूपमा विचार–विमर्श गरिएको थियो।

कार्यक्रममा संघचालक तिम्सिना ज्यूले हिन्दु मूल्य–मान्यता र राष्ट्रिय पहिचानको संरक्षणका लागि नागरिक स्तरमा चेतना फैलाउन सबैलाई आह्वान गर्दै आगामी गोष्ठीलाई सफल बनाउन सबै पक्ष एकजुट भएर लाग्नुपर्ने बताउनुभयो।

छलफलका क्रममा बारा र पर्सा जिल्लामा हुनगइरहेको प्रबुद्ध नागरिक गोष्ठीको कार्यक्रम रूपरेखा, संयोजन समिति गठन र प्रचार–प्रसार रणनीतिबारे पनि विस्तृत योजना तय गरिएको आयोजकले जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ