नेपालले ओमनलाई उसैको घरेलु मैदानमा हरायो, विश्वकपका लागि छनौट

नेपालले ओमनलाई उसैको घरेलु मैदानमा हरायो, विश्वकपका लागि छनौट

  • बिहिबार, अशोज ३०, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

विश्व कप छनौटको सुपर सिक्सको खेलमा नेपालले ओमनमाथि उसैको घरेलु मैदानमा पराजित गरेको छ ।

बुधबार भएको खेलमा नेपालले ओमानलाई ३८ रनले हराएको हो। योसँगै नेपालले छनोटमा अपराजित यात्रालाई कायम राखेको छ। नेपाल दुई खेल अगावै भारत र श्रीलंकामा हुने विश्वकपका लागि छनौट भईसकेको छ ।

जितसँगै ४ खेलबाट नेपाल ८ अंक बटुलेको नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ। समान खेलबाट ६ अंक भएको ओमान दोस्रो स्थानमा झरेको छ। ४ खेलबाट ४ अंक भएको युएई तेस्रो छ।

नेपालले दिएको १ सय ५२ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय १३ रन मात्र बनाउन सक्यो।

नेपालका लागि गुल्सन झाले तीन विकेट लिए। सोमपाल कामी र नन्दन यादवले समान २ विकेट झारे। सन्दीप लामिछानेको नाममा एक विकेट रह्यो।

ओमानका लागि विनायक शुक्लाले ३२ र मोहम्मद नदिमले २५ रन बनाए। कप्तान जितेन्द्र सिंहले १४ रन बनाए।

त्यसअघि ओमानको अल एमिरेट क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ५१ रनको योगफल तयार पारेको थियो।

नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ६९ रनको योगदान दिए। उनले ५१ बलमा ७ चौका र १ छक्का प्रहार गरेपछि आउट भएका थिए ।

अर्का ओपनर आशिफ शेख २० बलमा २ चौका र १ छक्का सहयोगमा २४ रन बनाए ।

गुल्सन झा १० बलमा २ छक्का सहयोगमा १८ रन बनाउँदा क्याच आउट हुन पुगे। १५ बलमा ३ चौका सहयोगमा १६ रन बनाएका मोहम्मद आदिल आलम सुफयान मेहमुदको बलमा क्याच आउट हुन पुगे।

कुशल मल्ल ७ रन मात्र जोडेर पेभिलियन फर्किए ।

अलराउण्डर दिपेन्द्र सिंह ऐरि २ रन बनाउँदा नदिम खानको बलमा एलबीडब्लु धरापमा परे। लोकेश बम शून्य रनमा नै पेभेलियन फर्के।

ओमानका लागि नदिम खानले सर्वाधिक ४ विकेट लिए। उनले आफ्नो स्प्लमा २० रन दिदा ४ विकेट झारे। सुफयान मेहमुद र जितेन रमानन्दीले समान २ विकेट झारे।

यसअघि आज नै भएको सुपर सिक्सको खेलमा कतारले जापानलाई ३ विकेटले तथा युएईले सामोयालाई ७७ रनले हराएपछि नेपाल र ओमान दुई खेल अघि नै विश्वकपका लागि छनोट भइसकेका छन्।

नेपालले अन्तिम खेलमा साओमा बिरुद्ध शुक्रबार खेल्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी