असोज २९ काठमाण्डौँ । आईसीसी टी–२० विश्वकप छनोटअन्तर्गत सुपर सिक्सको आफ्नो तेस्रो खेलमा नेपाल आज ओमानसँग भिड्दै छ। आजको खेलमा जित हात पारे नेपाल विश्वकपका लागि छनौट हुने निश्चित छ । समुह चरणदेखि अहिले सम्म नेृपाल अपराजित रहेको छ ।
ओमानको अल एमिरेट क्रिकेट मैदानमा हुने प्रतिस्पर्धा नेपाली समयअनुसार राति पौने ९ बजे सुरु हुनेछ। ओमन पनि अहिले सम्म अपराजित रहेकाले खेल दुबै टिमका लागि महत्वपूर्ण रहेको छ ।
सुपर सिक्समा यूएईविरुद्ध १ रनको रोमाञ्चक जित हासिल गरेको नेपालले दोस्रो खेलमा कतारलाई ५ रनले हरायो।
समूह चरणमा नेपालले जापानलाई ५ विकेट र कुवेतलाई ५८ रनले जितेको थियो। सुपर सिक्समा ओमानले यूएईलाई ५ विकेट र कतारलाई ३४ रनले हराएको थियो।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline