सर्वोच्चमा आजबाट नियमित मुद्धाको सुनुवाई हुने

सर्वोच्चमा आजबाट नियमित मुद्धाको सुनुवाई हुने

  • मङ्लबार, अशोज २८, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

काठमाडौं । सर्वोच्च अदालतले आजदेखि सबैखाले रिट दर्ता गरी सुनुवाइ गर्ने भएको छ। गत भदौ २३ र २४ गते जेनजी समूहको आन्दोलनका क्रममा आगजनी भएपछि सर्वोच्चको सेवा अवरुद्ध भएको थियो।

आगजनी, ढुंगामुढा,तोडफोड र लुटपाट समेतका घटनाबाट हुन गएको क्षतिका कारण बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदन दर्ता तथा सुनुवाइ बाहेकका सबै कार्य स्थगन भएको थियो।

असोज २६ गते बसेको सर्वोच्चको पूर्ण बैठकले आजदेखि अदालतमा रिट निवेदन,मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १५७ तथा मुलुकी फौजदारी कार्यविधि २०७४ को दफा ७३,१३७ र १५५ का निवेदनहरू दर्ता एवं सुनुवाइ हुने निर्णय गरेको थियो।

यसअघि बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवदेन मात्रै दर्ता र सुनुवाइ हुँदै आएका थिए। नियमित अन्य सेवा प्रवाहको अर्को सूचना प्रकाशित नहुँदासम्म म्याद,हदम्याद र तारेख नगुज्रने सर्वोच्च अदालतले जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ