विश्वकप छनौट : कतार बिरुद्ध नेपालको रोमाञ्चक जीत

विश्वकप छनौट : कतार बिरुद्ध नेपालको रोमाञ्चक जीत

  • मङ्लबार, अशोज २८, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

आईसीसी टी–२० विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायरअन्तर्गत सुपर सिक्समा नेपालले कतारविरुद्ध नेपालले रोमाञ्चक जीत हात पारेको छ ।

नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको कतार बिरुद्ध नेपालले पाँच रनको जीत हात पार्यो । कतारको टिम १९.५ ओभरमा अलआउट हुँदा १४२ रनमा अलआउट भएको थियो ।

योसँगै नेपालले सुपर सिक्समा ६ अंक बटुलेको छ।

नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको कतार १९ ओभर ५ बलमा १४२ रनमा अलआउट भयो । कतारका लागि ओपनर इमाल लियानागेले ३५ बलमा ५५ रन बनाए । त्यस्तै जुबेर अलीले ५२ रन बनाए । अन्य ब्याटरबाट उल्लेख्य योगदान हुन नसक्दा पराजित हुन पुग्यो ।

नेपालका लागि सन्दीपको ५ विकेटसँगै नन्दन यादवले २ तथा दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए ।

एक समय सहज जितको अवस्थामा रहेको कतारविरुद्ध नेपालले आजपनि शानदार पुनरागमन गरेको हो । आजपनि दीपेन्द्रको एक रनआउट र आदिलको एक रनआउटले खेल नेपालको पक्षमा ल्याएको थियो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान रोहित पौडेलको अर्धशतक मद्दतमा २० ओभरमा ९ विकेट गुमाएर १४७ रन बनाएको थियो ।

कप्तान रोहितले ४१ बलमा ५८ रन बनाए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले २१ बलमा २६ रन बनाए । गुल्शन झाले आजपनि ८ बलमा १६ रनको क्यामिओ पारी खेले ।

कतारका लागि कप्तान मिर्जा बेगले ४ ओभरमा २९ रन दिएर ३ विकेट लिए । डानियल लुइसले पनि ३ विकेट लिए । मुहम्मद असिमले १ विकेट लिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी