युएईविरुद्धको खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

युएईविरुद्धको खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

  • आइतवार, अशोज २६, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

काठमाडौँ, २६ असोजः आइसिसी पुरुष टि–ट्वान्टी एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) विरूद्धको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ ।

ओमान क्रिकेट एकेडेमीको मैदानमा भर्खरै भएको टसमा नेपाली टोलीका कप्तान रोहित पौडेलले पहिले ब्याटिङ गर्ने निर्णय लिए । नेपाल समूह ‘बी’ को विजेताका रूपमा सुपर सिक्समा पुगेको हो । नेपालले समूह चरणमा कुवेत र जापानलाई हराएको थियो ।

युएई पनि समूह ‘ए’ को विजेताका रूपमा सुपर सिक्समा पुगेको हो । समूह चरणमा युएईले कतार र मलेसियालाई हराएको थियो । समूह चरणको छनोट खेलमा नेपाल र युएई अपराजित छन् । दुवै टोलिसँग समान दुई–दुई अङ्क छन् ।
विश्वकप छनोटमा सहभगिता जनाउनको लागि पनि आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण मानिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी