विश्वकप छनौटको सुपर सिक्समा चिर प्रतिद्धन्दी युएई बिरुद्ध खेल्दै नेपाल

विश्वकप छनौटको सुपर सिक्समा चिर प्रतिद्धन्दी युएई बिरुद्ध खेल्दै नेपाल

  • आइतवार, अशोज २६, २०८२
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

आईसीसी टी–२० विश्वकप एसिया इस्ट प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सको पहिलो खेलमा आज चिर प्रतिद्वन्द्वी यूएई बिरुद्ध नेपालले प्रतिस्पर्धा गर्दैछ ।

ओमानको अल एमिरेट क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ।

सुपर सिक्सको शीर्ष ३ मा रहने टोलीले अर्को वर्ष हुने विश्वकपमा स्थान बनाउने भएकाले आजको खेल नेपाल र यूएई दुवैका लागि निकै महत्त्वपूर्ण छ।
सुपर सिक्समा नेपाल र यूएईसहित ओमानसँग समान २ अंक छ। सुपर सिक्सको अंक तालिकामा नेपाल नेट रनरेटमा अघि छ।

एसोसियट क्रिकेटमा नेपाल र यूएईबीचको खेल एल क्लासिको नामले परिचित छ।

नेपाल समूह बीको विजेताका रूपमा सुपर सिक्समा पुगेको हो। यूएई समूह एको विजेताका रूपमा सुपर सिक्स खेल्न लागेको हो।

समूह चरणका नेपालले पहिलो खेलमा कुवेतलाई ५८ रनले तथा जापानलाई ५ विकेटले हराएको थियो।

सुपर सिक्समा नेपालले यूएईसहित, ओमान, कतार र सामोयासँग खेल्नेछ।

जापानलाई समूह चरणमै हराएकाले नेपाल सुपर सिक्समा जापानसँग खेल्ने छैन। समुह चरणमै जितेको दुई अंक नेपालको हातमा रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी