विश्वकप छनौट नेपाल समुह बिजेता बन्दै सुपर सिक्समा प्रवेश, जापान पाँच विकेटले पराजित

विश्वकप छनौट नेपाल समुह बिजेता बन्दै सुपर सिक्समा प्रवेश, जापान पाँच विकेटले पराजित

  • शुक्रबार, अशोज २४, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले जापानमाथि जित निकाल्दै आईसीसी टी–ट्वान्टी विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा समुह बिजेताका रुपमा पवेश गरेको छ । साथै शीर्ष रहेका कारण नेपालले सुपर सिक्सको खेलमा दुई अंकको फाईदा पनि जोडेको छ ।

आज भएको खेलमा नेपालले जापानमाथि ५ विकेटको जित निकालेको हो ।अल इमिरेट्स क्रिकेट मैदानमा जापानले दिएको १३२ रनको लक्ष्य नेपालले १८ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो ।

नेपालका लागि आफिस शेखले सर्वाधिक ३८ रनको योगदान गरे । २१ बल खेलेका उनले १ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै गुलशन झाले २८ रन बनाउँदा कुशल भुर्तेल २१ रनको योगदान गरे ।
नेपालका कप्तान रोहित पौडेलले १८ रन र दिपेन्द्र सिंह ऐरीले १४ रन बनाए ।

जापानका लागि शोमा स्लेटरले दुई विकेट लिए । त्यस्तै रेओ साकुरानो–थोमस, सबोरिश रविचन्द्रन र डेक्लान सुजुकी एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जापानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३१ रन बनाएको थियो ।

जापानका लागि केन्डेल काडोवाकी–फ्लेमिङले ६० रनको अर्धशतकीय पारी खेले । ४६ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहा गरे । त्यस्तै ईसम रहमानले ३१ रन बनाउँदा बेन्जामिन इल्टो डेभिसले १७ रन बनाउन बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

नेपालका लागि सन्दीप लामिछाने र गुलशन झाले दुई–दुई विकेट लिए । त्यस्तै सोमपाल कामी र नन्दन यादवको नाममा एक–एक विकेट रह्यो ।

नेपालले पहिलो खेलमा कुवेतलाई पराजित गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी