दुर्घटनामा तीन जनाको मृत्यु, घाइतेको थप उपचारका लागि सुर्खेत उद्धार

दुर्घटनामा तीन जनाको मृत्यु, घाइतेको थप उपचारका लागि सुर्खेत उद्धार

  • शुक्रबार, अशोज २४, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.7K
    SHARES

सिमकोट (हुम्ला), २४ असोज : चङ्खेली गाउँपालिका–४ देसीखोलामा आज बिहान ११ः०० बजे बोलेरो जीप दुर्घटना परी घाइते भएकाहरूको थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेतमा उद्धार गरिएको छ ।

घाइते भएका सिमकोट गाउँपालिका–८ का महेन्द्र रोकाया, उहाँका छोरा र चङ्खेली गाउँपालिका–४ की पार्वती सिराको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । घाइते भएका अन्य चार जनाको पनि पुनः उद्धारको तयारी भइरहेको स्थानीय ध्रुव शाहीले बताउनुभयो । सोही गाउँपालिका–६ को मेल्छामबाट गाउँपालिका केन्द्र पिप्लाङ हुँदै सुर्खेत जाने क्रममा जीप दुर्घटनामा परेको थियो ।

तीन जनाको घटनास्थमै मृत्यु

आज दुर्घटनामा परी तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार बोलेरो जीप दुर्घटना हुँदा मृत्यु हुनेमा चङ्खेली गाउँपालिका–६ मनवीर बुढा, उहाँका छोरा र सिमकोट गाउँपालिका–८ की वसन्ती बुढा रहनुभएको छ ।

त्यहाँ रहेको प्रहरी चौकीका प्रहरी र सर्वसाधारणले घटनास्थलमा पुगेर घाइतेको उद्धार गर्नुभएको थियो । ग्रामीण कच्ची सडकबाट जीप तीन सय मिटर तल खसेको थियो । कर्णाली प्रदेश०२००१च १०९१ नम्बर जीप दुर्घटनामा परेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ