विश्वकप छनौटको दोस्रो खेलमा नेपालले आज जापान बिरुद्ध खेल्दै

विश्वकप छनौटको दोस्रो खेलमा नेपालले आज जापान बिरुद्ध खेल्दै

  • शुक्रबार, अशोज २४, २०८२
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

ओमानमा जारी आइसिसी टी–२० विश्वकप एसिया एन्ड इएपी छनोटको दोस्रो खेलमा नेपालले आज जापानसँग खेल्दैछ। नेपाल र जापानबीच शुक्रबार अपराह्न सवा ४ बजे खेल सुरू हुनेछ।

समूह २ मा रहेको दुवै टोलीले एक–एक खेल जितेर शीर्ष ६ मा स्थान बनाइसकेका छन्। नेपाल र जापान दुवैले पहिलो खेलमा कुवेतलाई पराजित गरेको थियो।

आज हुने खेलबाट समूह विजेता र उपविजेताको निर्क्योल हुनेछ। जापानले बिहीबार कुवेतलाई पराजित गरेको थियो । बुधबार नेपालले कुवेतलाई ५८ रनले पराजित गरेको थियो।

छनोटबाट तीन टोलीले आगामी वर्षको फेब्रुअरी-मार्च भारत र श्रीलंकामा हुने आइसिसी टी(२० विश्वकप २०२६ मा मा स्थान पक्का गर्नेछन्।

सुपर–६ पछि नेपालका लागि विश्वकपमा छनोट हुन शीर्ष तीनभित्र पर्नु पर्नेछ।

एसिया छनोटको अरू समूहमा मलेसिया, कतार र युएई तथा ओमान, पिएनजी सामोआ छन्। तीन समूहका शीर्ष २–२ टोली गरी सुपर–६ मा पुग्ने कुल ६ टोलीले एकअर्काविरूद्ध खेल्नेछन्।

यद्यपी आफ्नो समूहबाट आएको टोलीसँग भने सुपर–६ मा प्रतिस्पर्धा हुनेछैन। त्यसैले समूह चरणको जित पनि सुपर–६ मा महत्वपूर्ण हुनेछ। किनकी सुपर(६ मा पुग्ने आफ्नो समूहको टोलीविरूद्धको अंक पनि सुपर–६ मा गनिनेछ।

शीर्ष तीन टोलीमा परेमा नेपाली टोली लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक आइसिसी टी–२० कपमा छनोट हुनेछ।

नेपाली टोली ः रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदिल अन्सारी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललितनारायण राजवंशी, गुलशन झा, सोमपाल कामी।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी