एएफसी एसियन कप छनोटः नेपाल भियतनामसँग पराजित

एएफसी एसियन कप छनोटः नेपाल भियतनामसँग पराजित

  • बिहिबार, अशोज २३, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

काठमाडौँ, २३ असोजः एएफसी एसियन कप छनोट प्रतियोगिताअन्तर्गत तेस्रो चरणको आफ्नो तेस्रो खेलमा नेपाल भियतनामसँग पराजित भएको छ ।
भियतनाको हो चिमिन सहरको गो डाउ रङ्गशालामा आज भएको खेलमा भियतनामसँग नेपाल ३–१ गोलअन्तरले पराजित भएको हो । जितसँगै भियतनाम ३ खेलबाट दुई जितसहित ६ अङ्क जोड्दै समूह ‘एफ’ मा दोस्रो स्थानमा उक्लिएको छ । मलेसिया ९ अङ्कसहित शीर्ष स्थानमा छ । लाओसले ३ अङ्क जोडेको छ भने नेपाल तीनै खेलमा पराजित हुँदै अङ्कविहीन छ । नेपालले यसअघि मलेसियासँग २–० र लाओससँग २–१ गोलको हार बेहोरेको थियो ।

भियतनामको जितमा नुगुएन टिएन लिङ, फाम जुआन मान्ह र नुगुएन भान भीले एक÷एक गोल गरे । नेपालका लागि सनिश श्रेष्ठले सान्त्वना गोल गरेका थिए । खेलको नवौँ मिनेटमा लिङले गोल गर्दै भियतनामलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको १७आँै मिनेटमै सनिशले गोल गर्दै खेललाई एक÷एकको बराबरीमा ल्याए ।

दोस्रो हाफमा भियतनामले दुई गोल ग¥यो । मान्हले खेलको ६७औँ मिनेटमा र भान भीले खेलको ७२औँ मिनेटमा गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी