काठमाडौँ लगातार हिजोदेखिको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ ।
सशस्त्र प्रहरी बल, नेपालका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार सबैभन्दा बढी इलाममा ३७ जनाको मृत्यु भएको छ । उनीहरुको दुई दिनमा पहिरोमा परेर मृत्यु भएको हो ।
त्यस्तै पाँचथरमा सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । रौतहटमा ३, उदयपुरमा २ र खोटाङमा १ जनाको बाढीपहिरोमा परी मृत्यु भएको छ ।
त्यस्तै बाढीपहिरोमा परी ७ जना बेपत्ता छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline