अरनिको राजमार्गको ५४ किलोमा ढुंगासहितको पहिरो खस्यो

अरनिको राजमार्गको ५४ किलोमा ढुंगासहितको पहिरो खस्यो

  • शनिबार, अशोज १८, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

आश्विन १८, काभ्रे । काभ्रेस्थित अरनिको राजमार्ग अन्तर्गत ५४ किलोमा ढुंगासहित पहिरो झरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ । शुक्रबार रातिदेखि निरन्तर परिरहेको पानीका कारण राजमार्गको पाँचखाल–दोलालघाट सडकखण्ड अन्तर्गत ५४ किलोमा ढुंगा सहितको पहिरो झरिरहेको कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुले जानकारी दिए ।

उनका अनुसार, शनिबार दिउँसो करिब ३ बजेको समयमा ५४ किलोमा ढुंगा सहितको पहिरो झरेको हो । उक्त राजमार्गकै धुलिखेल–खावा सडक खण्डको तिरतरे धारामा पनि ढुंगासहितको पहिरो झरिरहेको उनले बताए । वर्षासँगैको पहिरोको जोखिमलाई मध्यनजर गर्दै त्यहाँ सवारी सञ्चालनमा रोक लगाइएको उनले बताए । उनका अनुसार, सवारीहरू धुलिखेलमा होल्ड गरेर राखिएको छ ।

त्यस्तै, बीपी राजमार्ग अन्तर्गत विभिन्न स्थानमा पहिरो झरेको उनले जानकारी दिए । उनका अनुसार, रोशी खोलामा पानीको बहाव ३ गुणाले बढी रहेको र खोला कटान भएर बीपी राजमार्गसम्मै आउने सम्भावना उच्च रहेको देखिन्छ । अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्किन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ