काठमाडौं बाहिर ९ वटा जहाज रोकिए, खराब मौसमकै कारण उडान प्रभावित

काठमाडौं बाहिर ९ वटा जहाज रोकिए, खराब मौसमकै कारण उडान प्रभावित

बिराटनगरबाट आएको यति एयरलाइन्सको जहाज पोखरा डाईभर्ट

  • शनिबार, अशोज १८, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

आश्विन १८, काठमाडौँ । खराब मौसमका कारण आज काठमाडौं विमानस्थलमा उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित आन्तरिक टर्मिनल कार्यालयका अनुसार शनिबार बिहान उडेका ९ वटा जहाज काठमाडौं बाहिर रोकिएका छन् ।

काठमाडौं विमानस्थलका अनुसार, रोकिएका जहाजहरूमै श्रीको एउटा जहाज भैरहवामा, यतिको एउटा जहाज भद्रपुरमा, सीताका दुईटा जहाज लुक्लामा, बुद्ध एयरका तीनवटा जहाज भद्रपुर, भैरहवा, नेपालगन्जमा, श्रीको एउटा जहाज बिराटनगरमा पुगेर रोकिएका हुन् ।

यसैबीच बिराटनगरबाट आएको यति एयरलाइन्सको जहाज पोखरा डाईभर्ट गरिएको छ । काठमाडौं विमानस्थलले दिउँसो १२स्४५ बजेसम्म आन्तरिक उडान रोकेको छ ।

मौसममा सुधार नभएसम्म उडान पुनः सुरुवात नहुने विमानस्थलले जनाएको छ। उडान नभएका कारण काठमाडौं आन्तरिक टर्मिनल कार्यालयमा यात्रुहरुको चाप अत्याधिक रहेको गौचरस्थित डोमेस्टीक टर्मिनल कार्यालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ