वेष्ट ईन्डिज बिरुद्ध नेपालको पहिलो ऐतिहासिक जीत

वेष्ट ईन्डिज बिरुद्ध नेपालको पहिलो ऐतिहासिक जीत

  • शनिबार, अशोज ११, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

दुई पटकको टी–२० आई विश्वकप विजेता वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै नेपालले ऐतिहासिक जित दर्ता गरेको छ।

पहिलो खेलमा जित हात पारेसँगै नेपालले ऐतिहासिक तीन खेलको टी–२० आई सिरिजमा १–० ले अग्रता बनाएको हो। नेपालले दिएको १ सय ४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय २९ रन मात्र बनाउन सक्यो।

नेपालका लागि कुशल भुर्तेलले २ विकेट लिए। नन्दन यादव, ललित राजवंशी, रोहित पौडेल र करण केसीले समान एक विकेट आफ्नो नाममा गरे।

वेस्ट इन्डिजका लागि नभिन विदाइसीले बनाएको २२ रन नै सर्वाधिक रह्यो। उनी कुशल भुर्तेलको बलमा आउट भए। त्यसअघि १५औँ ओभरको पहिलो बलमा कुशल भुर्तेलकै बलमा जासोन होल्डर कप्तान रोहित पौडेलको हातबाट क्याच आउट भए।

कप्तान रोहित पौडेलले आठौँ ओभरको चौथो बलमा जेवेल एन्ड्रयुलाई ५ रनमा सन्दीप जोराको हातबाट क्याच आउट गराउँदै पेभेलियनको बाटो देखाए।

नन्दन यादवले पाचौँ ओभरको पाचौँ बलमा अकिम अगस्तेलाई १५ रनमा दिपेन्द्र सिहं ऐरिको हातबाट क्याच आउट गराउँदै विकेट लिएका हुन्। दोस्रो ओभरको दोस्रो बलमा ओपनर केली मेयर्स ५ रनमा रन आउट भए।

त्यसअघि युएईस्थित शारजाह क्रिकेट मैदानमा वेस्ट इन्डिजले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४८ रनको योगफल तयार पारेको थियो।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३८ रनको योगदान दिए। उनले ३५ बलमा ३ चौका र १ छक्का सहयोगमा ३८ रन बनाउँदा नविन विडाइसेको बलमा क्याच आउट हुन पुगे।

२१ बलमा २ चौका र २ छक्का प्रहार गरेका कुशल मल्ल ३० रन बनाउँदा लामो सट खेल्ने धुनमा क्याच आउट नै हुन पुगे। नेपाली टोली एक समय ३।१ ओभरमा २–१२ को स्थितीमा हुँदा कुशल र रोहितले नेपालको पारी सम्हालेका थिए।

१६ बलमा २ छक्का सहयोगमा २२ रन बनाएका गुल्सन झा पनि क्याच आउट नै भए। ओपनर कुशल भुर्तेल ६ र आशिफ शेख ३ रनमा पेभेलियन फर्के।

दीपेन्द्र सिंह ऐरी १७ रन बनाउँदा क्याच आउट नै भए। सन्दीप जोरा ९ र करण केसी शून्य रनमा आउट भए।

नेपाली टोलीले १९औँ ओभरमा लगातार तीन विकेट गुमाउन पुग्यो। टोलीले १९औँ ओभरको तेस्रो बलमा दिपेन्द्रलाई, पाचौँ बलमा सन्दीप र अन्तिम बलमा करणलाई गुमाउन पुग्यो। सोमपाल कामी ६ नन्दन यादव ७ रनमा अविजित रहे।

वेस्ट इन्डिजका जेसन होल्डरले ४ विकेट लिए। नविनले ३ विकेट झारे। उनले आफ्नो स्पेलमा २९ रन दिए। अकिल होसेनले एक विकेट आफ्नो नाममा गरे।
सिरिजको दोस्रो खेल सोमबार र तेस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी