काठमाडौं । नेपाली क्रिकेट टिमले शनिबार ऐतिहासिक खेल खेल्दैछ। नेपालले पहिलो पटक आइसीसीबाट मान्यता प्राप्त पूर्ण राष्ट्र एव विस्व विजेता बनिसकेको टोली वेष्ट ईन्डिजसँग तीन दिवसीय टी–२० सिरिज खेल्दैछ।
नेपाली टोलीले युएईको शारजाह क्रिकेट मैदानमा यो सिरिज खेल्दैछ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने यस सिरिज खेल्न हालः नेपाली टोली युएई पुगिसकेको छ। युएई पुगेर नेपाली टोलीले प्रशिक्षण सुरु गरिसकेको छ। नेपालका प्रमुख प्रशिक्षक स्टुअर्ट ल पनि टिमलाई प्रशिक्षण दिन युएई पुगेका छन्।
नेपाली टिमका लागि आइसीसी टी–२० विश्वकप पूर्वी एसिया प्यासिफिक छनोट खेल्नुअघि यो तयारीका रुपमा पनि हेरिएको छ ।
नेपाली टोलीले वेष्ट इन्डिज सिरिज अगाडि भारतमा प्रशिक्षण र अष्ट्रेलियाको टप एण्ड टी–२० सिरिजले निकै सहज बनाएको सिरिजमा प्रस्थान गर्नुपूर्व कप्तान रोहित पौडेलले बताए ।
नेपालका प्रमुख प्रशिक्षक स्टुअर्ट लले नेपाली टिम खेल्नको लागि तयार रहेको बताए।
कप्तान रोहितले युएईमा गएर राम्रो तयारी भएको र आफूहरू यो सिरिज जित्नकै लागि खेल्ने बताए।
खेल साँझ सवा ८ बजेपछि शुरु हुनेछ ।
नेपालले असोज १३ मा दोस्रो र १४ मा तेस्रो खेल खेल्नेछ ।
नेपालको टोली
रोहित कुमार पौडेल (कप्तान) , दीपेन्द्र सिंह ऐरी ९उपकप्तान०, कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुल्सन झा, सोमपाल कामी र साहब आलम
वेस्ट इन्डिजको टोली
अकिल होसेन (कप्तान), फाबियन एलेन, जेवेल एन्ड्र्यू, अकीम अगस्ट, नविन बिडाइस, जेडियाह ब्लेड्स, किएसी कार्टी, करिमा गोरे, जेसन होल्डर, अमिर जान्गू, काइल मेयर्स, ओबेड मेकोए, जिसान मोटारा, रामोन सिमन्ड्स र शमार स्प्रिङ्गर